भारतको ल्याप्रोस्कोपिक शल्यक्रियाका पिता डा. उडवाडियाको निधन


नया दिल्ली (भारत) -भारतमा ल्याप्रोस्कोपिक शल्यक्रियाका पिता भनेर चिनिने डा तेहेमटन ई उडवाडियाको शनिबार लामो बिरामी पछि मुम्बइमा निधन भएको छ।

दशकौं सम्म राज्य सरकार द्वारा सञ्चालित जेजे अस्पताल सँग सम्बन्धित ८८ वर्षीय डा. उडवाडियाको मुम्बई स्थित ब्रीच क्यान्डी अस्पतालमा मृत्यु भएको हो । उनी केही महिना अघि सम्म ब्रीच क्यान्डी अस्पताल को बहिरंग विभागमा समेत संलग्न थिए ।

डा. उडवाडियाको एक पूर्व विद्यार्थी र जेजे अस्पतालका सहकर्मी डा दीपराज भण्डारकर ले डा. उडवाडियाले जेजे अस्पतालमा मइ ३१ तारीख सन १९९० मा देशको पहिलो ल्याप्रोस्कोपिक कोलेसिस्टेक्टोमी (पित्त थैली हटाउने) शल्यक्रिया गरेको बताए । उक्त अपरेशन एसियामा गरिएको पहिलो ल्याप्रोस्कोपिक शल्यक्रिया हरू मध्ये एक रहेको समेत डा.भडारकरले स्पष्ट गरे ।

डा. उडवाडिया लाई सन २०१७ मा देशको तेस्रो सर्वोच्च नागरिक पुरस्कार पद्म भूषण प्रदान गरिएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर भनेका छन, ‘डा. तेहेमटन उडवाडिया ले चिकित्सा क्षेत्रमा अमिट छाप छोडे। उहाँको अभिनव जोस र उपचार विधिहरूको कुरा गर्दा समय भन्दा अगाडि रहन चाहनेको लागि उहाँ व्यापक रूपमा सम्मानित हुनुहुन्छ।उहाँको निधनले दुखित भएको छु । उहाँका परिवार र शुभेच्छुकहरूमा समवेदना।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!