अढाई महिना पछि कोभिडले पुनः एकको मृत्यु


काठमाडौं–नेपालमा अढाई पहिना पछि शनिवार एक जनाको कोभिड संक्रमणले मृत्यु भएको छ । बीर अस्पतालमा पुस १३ गते भर्ना भएका ती ५७ वर्षीय पुरुषमा अन्य रोगहरू समेत रहेको चिकित्सकहरू बताउँछन ।

‘मृत्यु भएका व्यक्तिको चिकित्सा इतिहास अनुसार उनमा अब्स्ट्रक्टीभ जन्डिस  मधुमेह जस्ता कोमर्विडिटि समेत देखिएका थियो’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले नेपालहेल्थप्रेस सँग भने–‘७५ दिन देखी मृत्यु शून्य रहे पछि शनिवार कोभिडले पुनः एक जनाको मृत्यु भएको हो ।’

शनिवार पिसिआर अन्तर्गत ५ सय ५५ नमुनाको परिक्षण गर्दा ३ जनामा संक्रमण देखिएको हो । हाल देश भरीमा २१ जना सक्रिय संक्रमित रहेका छन । यस्तै अहिले सम्म मुलुकको कुल जनसंख्याको ७९.५ प्रतिशत अर्थात २ करोड ३२ लाख ८ हजार ४ सय ८३ जनाले एक मात्रा र ७६.५ प्रतिशत अर्थात २ करोड २३ लाख २४ हजार ९ सय ३३ जनाले पूर्ण मात्रा कोभिड विरुद्धको खोप लिएका छन ।

यस्तै शनिवार सम्म मुलुकको वयस्क जनसंख्याको ३८.२ प्रतिशत ले अतिरिक्त मात्रा खोप समेत लिएका हुन ।  मुलुकमा कोभिडको विभिन्न लहरहरूमा भएको संक्रमण ले हाल सम्म १२ हजार २० जनाको मृत्यु भएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!