एसियन फर्मा स्युटिकल्सका ‘लोरी–१’ र ‘इसोटोप–४०’ एवं पानस फर्मा स्युटिकल्स का ‘इस्प्रो–४०’ औषधि गुणस्तर हिन पाइयो


काठमाडौं– औषधि व्यवस्था विभागले एसियन फर्मास्युटिकल्स प्रा.लि, रूपन्देहीको दुई थरी औषधि र पानस फर्मास्युटिकल्स प्रा.लिको एक थरीको औषधि को केही ब्याच न्यून गुणस्तरको पाइएको जनाउँदै उक्त औषधिको बिक्री वितरण रोक्का गरेर बजारबाट फिर्ता गर्न सूचना प्रकाशित गरेको छ ।

विभागले उक्त औषधि सिफारिस, बिक्रि वितरण तथा प्रयोग समेत नगर्न गराउन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

एसियन फर्मास्युटिकल्सका (इसोमेप्राजोल आइपी–४० एमजी) को ‘इसोटोप–४०’ को ब्याच नम्बर ‘इओटी८०३०’ को औषधि न्यून गुणस्तर पाइएको हो । उक्त औषधि एसिड रिफ्लक्स, पेप्टिक अल्सर र खाद्य नलीको समस्याको लागि उपयोग गरिन्छ । ‘इसोटोप–४०’को उत्पादन मिति अप्रिल २०२१ र म्याद नाघ्ने मिति मार्च २०२३ रहेको छ ।

यस्तै एसियन फर्मास्युटिकल्स कै (लोराजेपाम टैवलेट युएसपी–१ एमजी) ‘लोरी–१’, ब्याच नम्बर ‘एलआरटी ८०५४’, को औषधि समेत न्यून गुणस्तर पाइएको छ । उक्त औषधिको उत्पादन मिति जुलाई २०२१ छ भने म्याद नाघ्ने मिति जुन २०२४ हो ।

अर्को पानस फर्मास्युटिकल्सको (इसोमेप्राजोल आइपी–४० एमजी) ‘इस्प्रो–४०’, को ब्याच नम्बर ‘टिइओ०३७’, को औषधि न्यून गुणस्तरको पाइएको हो । यो औषधि एसिडिटी , पेप्टिक अल्सर, ग्यास्ट्र्रो एसोफेजियल रिफ्लेक्स मा उपयोग गरिन्छ । उक्त औषधिको उत्पादन मिति जुलाई २०२१ र म्याद नाघ्ने मिति जुन २०२४ रहेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!