नेपालमा देखियो अत्यन्त बढी संक्रामक ‘बिएफ.१’ सव भेरिएन्ट/ बिए.५’, भन्दा ३५ प्रतिशत बढी संक्रामक

जिन सिक्नेन्सिङ्ग गर्दा‘बिए.२’,को सब भेरिएन्ट अन्तर्गत ‘बिए.२.७५’, ‘बिए.२.३८’, ‘बिए.२.७३’ र ‘बिए.२.१२.१’, सब भेरिएन्ट समेत देखिएको हो


काठमाडौं–मुलुकमा पहिलो पटक कोभीड–१९ भाइरसको ओमिक्रोन भेरिएन्टको ‘बिएफ.१’ सब भेरिएन्ट देखिएको छ । यो संगै ‘बिए.२’ सब भेरिएन्टको अन्य सब भेरिएन्टहरु समेत देखिएको छ ।

कोभिड संक्रमण को लागि हाल मुख्य रुपमा ओमिक्रोनको ‘बीए.२’, सब भेरिएन्ट नै जिम्मेवार मानिदै आइरहेको समय ‘बिएफ.१’ सब भेरिएन्ट देखिएको हो । यस अघि मुलुकमा ओमिक्रोनको ‘बिए.१’, बिए.२’, बिए.५’ सब भेरिएन्ट देखि सकिएको छ ।

धुलिखेल अस्पतालको मोलिक्युलर एण्ड जिनोमिक सिक्वेन्सिङ्ग रिसर्च ल्यावमा परिक्षण गर्दा दुई वटा नमुनामा ‘बिएफ.१’ सब भेरिएन्ट देखिएको हो ।

‘मुलुकमा पहिलो पटक ओमिक्रोनको ‘बिएफ.१’ सव भेरिएन्ट देखिएको हो’, धुलिखेल अस्पतालको मोलिक्युलर एण्ड जिनोमिक सिक्वेन्सिङ्ग रिसर्च ल्यावमा प्रमुख डा.राजिव श्रेष्ठले भने–‘बिएफ.५’ले खोपमा कस्तो असर गर्छ भन्ने कुरा हाल सम्म थाहा छैन ।’

‘बिए.२’,  सब भेरिएन्टलाइ बढी संक्रामक मानिदै आएकोमा त्यस पछि यो भन्दा ‘बिए.५’, लाइ थप बढी संक्रामक भनिएको थियो । हाल ‘बिएफ.१’  सव भेरिएन्टलाइ ‘बिए.५’, भन्दा करिव ३५ प्रतिशत बढी संक्रामक मानिएको डा.श्रेष्ठले बताए ।

धुलिखेलको जिनोमिक सिक्वेन्सिङ्ग रिसर्च ल्यावमा पछिल्लो पटक २२ वटा नमुनाको परिक्षण गर्दा ६ वटामा ‘बिए.५’, सबभेरिएन्ट, २ वटामा ‘बिएफ.१’ सब भेरिएन्ट र अन्य नमुनामा ‘बिए.२’, को सब भेरिएन्टहरु पाइएको हो ।

जीन सिक्नेन्सिङ्ग गर्दा‘बिए.२’,को सब भेरिएन्ट अन्तर्गत ‘बिए.२.७५’, ‘बिए.२.३८’, ‘बिए.२.७३’ र  ‘बिए.२.१२.१’, सब भेरिएन्ट  देखिएको डा.श्रेष्ठले बताए ।

आफूहरुले गरेको २२ वटै नमुनामा ओमिक्रोन कै सव भेरिएन्टहरु देखिएको जनाउदै डा.श्रेष्ठले भने–‘नियमित मास्कको उपयोग, सामाजिक दुरी आदि स्वास्थ्य मापदण्ड पटकै पालना नगरिएकोले कोभिड संक्रमण तिब्र गतिले फैलि रहेको छ ।’

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभरीमा कुल जनसङ्ख्याको ७०.२ प्रतिसतले पुर्ण मात्रा र ७०.५ प्रतिसतले कम्तिमा एक मात्रा कोभिड विरुद्धको खोप लिएका छन भनृ ७० लाख १० हजार ६ सय २२ जनाले अतिरिक्त मात्रा खोप समेत लिइ सकेका छन ।

खोपको नेपाली लाई जोगाएको जनाउदै  डा.श्रेष्ठले भने–‘खोप कोभिड लाग्न वाट जोगाउँदैन तर यसले संक्रमणको कडापन वाट बचाउँछ, संक्रमित भइ हाले पनि अक्सिजनको स्तर कम हुन दिदैन, फोक्सोमा संक्रमण हुनबाट जोगाउँछ ।’तर हाल दीर्घ रोगी र फोक्सो एवं दमको समस्या भएकाहरूले उपयुक्त कडा स्वास्थ्य मापदण्ड अपनाएर संक्रमणवाट जोगिनु पर्ने उनको सल्लाह छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!