नेपालगन्जमा दादुरा संक्रमण बाट बालक को मृत्यु


नेपालगन्ज – दादुराको संक्रमणबाट नेपालगन्जमा बुधवार एक जना बालकको मृत्यु भएको छ भने हाल सम्म त्यहा ३० जनाभन्दा बढी बिरामी फेला परेका छन्।

स्वास्थ्य कार्यालयले एक जनाको मृत्यु भएपछि नेपालगन्जमा संक्रमणको खतरा बढेको भन्दै प्रकोप नियन्त्रणका लागि आकस्मिक बैठक बसेर सहयोगका लागि स्थानीय सरकारलाई पत्राचार समेत गरेको छ ।

गत शनिबार नेपालगन्ज उप महानगर पालिकाको वडा नम्बर–५, स्थित एउटै परिवारका चार जना बाल बालिकामा दादुरा देखिएको थियो । दादुराबाट बिरामी भएका बालबालिका लाई अभिभावकले लुकाउदा उपचार तथा रोग निदानमा ढिलाइ समेत भएको थियो। स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेल को अनुसार धेरै जसो बिरामीलाई घरमै राखेर उपचार गरिँदै छ । थप बिरामीको खोजी गर्दै र दादुराविरुद्धको खोप लगाउने तयारी गरीएको छ । हाल ४५ हजार मात्रा खोप आइपुगेको छ भने जनशक्ति जुटाएर लगाइने छ।

नेपालगन्ज वडा नम्बर ५, ७, ८, १०, १५ र २२मा दादुराको बढी संक्रमण देखिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!