कम्तिमा स्नातक सदस्य हुन पाउने स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ मा नयाँ कार्य समिति


काठमाडौं -स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालको शनिवार छैटौँ वार्षिक साधारण सभा तथा अधिवेशनमा नयाँ कार्यसमिति गठन भएको छ । कम्तिमा स्नातक गरेका सदस्य हुन पाउने संघको एक दशक अघि गठन गरिएको हो ।

अधिवेशनले डा शालिकराम धितालको अध्यक्षतामा ११ सदस्य रहने गरी केन्द्रिय समिति गठन गरेको छ । यस अन्तर्गत उपाध्यक्ष मा हेमराज खड्का, महासचिव मा डा भक्त बहादुर केसी, सचिव मा शैलेन्द्र कुमार पाण्डे र कोषाध्यक्ष मा विनोद कुमार अर्याल चयन भएका छन ।यस्तै सदस्यहरूमा शिला श्रेष्ठ, वसन्त चालिसे, राम कुमार श्रेष्ठ, ऋषि राम शर्मा, केशव राज जोशी र प्रविण कुमार गॉइ छन ।

स्वास्थ्य प्रबर्द्धन तथा स्वास्थ्य शिक्षा समूहको सामूहिक प्रयासद्वारा नेपाल भरीका स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा समूहको हक हितको संरक्षण सम्वर्द्धन गर्दै प्रत्येक नेपाली नागरिकको गुणस्तरीय स्वास्थ्यमा सर्वव्यापी पँहुचको सुनिश्चितमा टेवा पुर्याउने यसको मुख्य उद्देश्य रहेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!