उपत्यका बाहिर सवै भन्दा बढी पोखरामामृगौला प्रत्यारोपण


काठमाडौ – मुलुकमै उपत्यका बाहिर हाल सम्म सवै भन्दा बढी मृगौला प्रत्यारोपण पोखरामा भएको छ ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रवार थप दुई जनाको मिर्गौला प्रत्यारोपण भएको हो ।

भक्तपुर स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा पोखरामा हाल सम्म ६ जनाको मृगौला प्रत्यारोपण भएको छ । हाल भक्तपुर स्थित प्रत्यारोपण केन्द्रमा प्रतिष्ठान का २० जनाले प्रत्यारोपण सम्बन्धि तालिम पाई रहेका छन ।

प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठका अनुसार शुक्रबार पहिलो केशको रुपमा काठेपुल गाउँपालिका ४ बागलुङ का २४ वर्षीय बोमबहादुर पुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई ५० बर्षीया आफ्नी आमा कमला पुनले मिर्गौला दान गरेकी थिईन् ।

यस्तै रुपा गाउँपालिका ५ कास्कीका २३ बर्षका निरज श्रेष्ठको समेत मिर्गौला प्रत्यारोण गरिएको थियो । उनलाई ५३ वर्षका बुबा उत्तमकुमार श्रेष्ठले मिर्गौला दान दिएका थिए । प्रत्यारोपण गरिएका दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

डा. श्रेष्ठले उपत्यका बाहिर हाल सम्म सरकारी र निजी स्वास्थ्य संस्था गरी सबै भन्दा बढी मृगौला प्रत्यारोपण पोखरा मै भएको बताए ।

डा श्रेष्ठ को नेतृत्वमा भएको उक्त प्रत्यारोपणमा भक्तपुर बाटै गएका डा दीपेश श्रेष्ठ, डा रबि किरण गौतम, डा हरि बराल पनि सहभागी थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!