झ्यालढोका बन्द गरेर हिटर र आगो नबाल्न प्रहरीको अनुरोध


काठमाडौँ — नेपाल प्रहरीले झ्याल ढोका बन्द गरेर हिटर र आगो नबाल्न अनुरोध गरेको । जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना जारी गर्दै पछिल्लो दिनमा चिसो बढिरहेको हुँदा यस बाट जोगिन हिटर, कोइला बालेर कोठा तातो बनाउने लगायतको कामबाट घर भित्रको सम्पूर्ण अक्सिजन नष्ट हुने भएका ले झ्याल ढोका बन्द गरी हिटर र कोइला नबाल्न अनुरोध गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले झ्याल ढोका बन्द गरेर हिटर तथा कोइला / आगो बाल्दा अक्सिजन नष्ट हुनुको साथै कार्बन मनोअक्साइड निर्माण भएर कोठाभित्र रहेका मानिसमा टाउको दुख्ने, रिङ्गटा लाग्ने, निस्सासिइ बेहोस हुने र थाहै नपाइ निधन हुने घटना बढेको ले सो कार्य नगर्न अनुरोध गरेका छन् ।

घर बाहिर निस्किदा कहिले पनि बन्द कोठामा हिटर अन गरी नछाड्न, झ्याल ढोकाका चरहरुमा बोरा, कपडा राखी हिटरलगायत विद्युतीय उपकरण नबाल्न, चुलो, फलामको चुलो, मकल, कराइमा दाउरा, कोइला बाली कोठाभित्र नराख्न, ढोका बन्द गरी ग्यास गिजरको प्रयोग नगर्न समेत प्रहरी ले आग्रह गरेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!