जुम्लामा, आखा शिविरः ४२ जनाको मोतिविन्दुको शल्यक्रिया, २ सय ९७ जनालाई निःशुल्क चश्मा


जुम्ला –नेपाल नेत्रज्योति संघ हिमालय आखा अस्पतालको आयोजनामा जुम्लाको हिमा गाउँपालिकामा भएको निःशुल्क आखा शिविरमा ८ सय २८ जनाको आखा परीक्षण सँगै ४२ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको छ ।

पुस १ गते देखि ४ गतेसम्म आयोजना गरिएको उक्त आखा शिविरमा आखा परिक्षण र उपचार गएकाहरूमध्ये २ सय ९७ जनालाई निःशुल्क चस्मा र आखामा सामान्य समस्या भएका ६ सय ७३ जनालाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

हिमा गाउपालिका र कादुरी एग्रिकल्चर एशोसिएसनसँगको सहकार्यमा उक्त आखा शिविर सम्पन्न भएको हो ।नेपाल नेत्रज्योति संघ द्वारा सञ्चालित विभिन्न अस्पतालहरूले संघ संस्थाहरूको सहकार्यमा मुलुक भरी निशुल्क आखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् । नेत्र ज्योति संघले ७ वटा आखा अस्पताल तथा १ सय ५० भन्दा बढि आखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!