संक्रमण तिव्र गतिले प्रसार हुँदै, कोभिड पोजिटिभिटी रेट १७ प्रतिशत पुग्यो


काठमाडौं – मुलुकमा कोभिड संक्रमण तिव्र गतिले प्रसार हुँदै विहीवार पोजिटिभिटी रेट झण्डै १७ प्रतिशत पुगेको छ । पिसिआर र एन्टिजेन गरेर २ हजार ५ सय ६९ नमुना परिक्षण गर्दा ४ सय ४५ जना अर्थात १६.९३ प्रतिशत मा कोभिड संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयको अनुसार विहीवार पिसिआर अन्तर्गत १ हजार ६ सय ६७ नमुनाको परिक्षण गर्दा ३ सय १७ जना र एन्टीजेन विधिबाट १ हजार ९ सय २ नमुनाको परिक्षण गर्दा १ सय १८ जनामा संक्रमण देखिएको हो । पिसिआर परिक्षण अन्तर्गतको पोजिटिभिटी रेट विहीवार १९.१ प्रतिशत र एन्टिजेन परिक्षण अन्तर्रगतको पोजेटिभिटी रेट ६.२० प्रतिशत देखिएको छ ।

हाल देशभरीमा २ हजार ५ सय ३६ जना कोभिड का सक्रिय संक्रमित छन ।यस  मध्ये काठमाडौं जिल्लामा मात्र सक्रिय संक्रमित को संख्या १ हजार ३ सय ९४ छ भने उपत्यकामा जम्मा १ हजार ६ सय ५९ सक्रिय संक्रमित छन । देशभरीमा भएका कुल सक्रिय सङ्क्रमितको ५४.९६ प्रतिशत काठमाडौं जिल्लामा र ६५.४१ प्रतिशत काठमाडौं उपत्यकामा छ ।

कोभिडले थला परेर देशभरीमा १९ जना सघन उपचार गराइ रहेका छन । यस अन्तर्गत प्रदेश १ मा १ जना, बागमती प्रदेशमा १७ जना र सुदूर पश्चिम प्रदेशमा १ जना आइसीयुमा उपचाररत छन ।

हाल देश झरीका ८ जिल्ला अर्थात मनाङ, मुस्ताङ, जाजरकोट, कालिकोट, मुगु, हुम्ला, बाजुरा र  डडेलधुरा सक्रिय संक्रमित शुन्य भएको जिल्ला हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!