कोभिड संक्रमण वाट जोगिन जनस्वास्थ्य मापदण्डहरू पालना गर्न स्वास्थ्य मन्त्रालयको अपिल

बुस्टर डोज लगाउन बाकी रहेकाहरु लाई स्थानीय स्वास्थ्य संस्थाहरूमा सम्पर्क गरी खोप लगाउन आग्रह


काठमाडौं– छिमेकी मुलुकहरूमा कोभिडको नयाँ भेरियन्ट ‘बिएफ.७’ को संक्रमण दर दिनहुँ वृद्धि भइ रहेको अवस्थामा स्वास्थ्य मन्त्रालयले सबै सँग कोरोना सङ्क्रमणबाट बच्न र बचाउन मास्कको अनिवार्य प्रयोग, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने वा सैनिटाइजर प्रयोग जस्ता जनस्वास्थ्यका मापदण्डहरू नियमित पालना गर्न गराउन अपिल गरेको छ ।

कोभिडको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन बाकी रहेकाहरु लाई स्थानीय स्वास्थ्य संस्थाहरूमा सम्पर्क गरी खोप लगाउन समेत आग्रह गरेको हो ।

स्वास्थ्य मन्त्रालयले क्रिसमस पर्व तथा अंग्रेजी नयाँ वर्ष, २०२३ नजिकिँदै गरेको अवस्थालाई मध्य नजर गर्दै कोभिड को सङ्क्रमणबाट बच्न र बचाउन शनिवार विज्ञप्ति जारी गर्दै जनस्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको हो ।

प्रारम्भिक प्रतिवेदन अनुसार नयाँ भेरियन्ट ‘बिएफ.७’ ले छोटो समयमा धेरै व्यक्तिहरूलाई कोभिड संक्रमण गर्ने देखिएको जनाउदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.संजयकुमार ठाकुरले हालसम्म नेपालमा यो भेरियन्ट पुष्टि नभएको समेत जनाए ।

डा.ठाकुरले खुला सिमाना एवम् मानिसहरूको आवत जावतले गर्दा मुलुकमा समेत नयाँ भेरियन्टको संक्रमणको जोखिम रहेको छ ।

छिमेकी मुलुक चीनमा हाल देखिएको नयाँ लहरको कारण ‘बिएफ.७’ लाई पनि मानी राखिएको छ भने भारतमा समेत हाल सम्म चार जनामा यो भेरिएन्टले गर्दा संक्रमण देखिएको छ ।

नयाँ भेरियन्टको पहिचान, रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय निकायका सबै संयन्त्रहरू परिचालन हुनु जरुरी रहेको औँल्याउदै डा.ठाकुरले कोभिडको पहिचान, रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि सिमा नाका तथा अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट मुलुक भित्रिने यात्रुहरूको ज्वरो नाप गर्ने, शंकास्पद व्यक्तिहरूको एन्टिजेन टेष्ट र जिन सिक्वेन्सीङ गर्ने कार्यहरू भइ रहेको समेत जनाए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!