दिल्लीमा नयाँ वर्ष २०२३ देखी ४ सय५० प्रकार का मेडिकल परिक्षण निः शुल्क


नयाँ दिल्ली ( भारत ) – आम आदमी पार्टी नेतृत्वको दिल्ली सरकारले जनवरी १ तारिख सन २०२३ देखि शहरमा ४ सय ५० प्रकार का मेडिकल परीक्षणहरू निःशुल्क गरिने घोषणा गरेको छ।

यी सबै परीक्षणहरू दिल्ली को सरकारी अस्पताल र मोहल्ला क्लिनिकको प्रयोगशालामा गरिने छ । हाल दिल्लीमा २ सय १२ प्रकारका मेडिकल परीक्षणहरू निःशुल्क गरिन्छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले २ सय ३८ वटा नयाँ परीक्षण निः शुल्क सुरु गर्ने घोषणा गरेका छन् । यसरी अव ४ सय ५० वटा मेडिकल परिक्षण निः शुल्क हुने भएको छ ।

केजरीवाल ले सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताए । हाल महँगो हुँदै गएको स्वास्थ्य सेवा ले गर्दा धेरै व्यक्तिले निजी क्षेत्र वाट स्वास्थ्य सेवा किन्न सक्दैनन्। यस कदमले त्यस्ता सबै मानिसहरूलाई मद्दत गर्नेछ।

स्मरण रहोस् दिल्लीमा महिलाहरूको लागि एक विशेष महिला मोहल्ला क्लिनिक पनि छ। यहाँ गर्भवती महिला तथा स्त्री रोग सम्बन्धी सबै प्रकारका औषधि, परीक्षण तथा अल्ट्रासाउन्ड निःशुल्क गरिन्छ । यो क्लिनिक पूर्ण रूपमा महिला र १२ वर्ष मुनिका बालबालिकाका लागि बनाइएकोहो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस