जनसंख्या व्यवस्थापनको लागि बेग्लै मन्त्रालय आवश्यक


काठमाडौं– राष्ट्रिय सभा सदस्य विमला राई पौडेलले मुलुकमा जनसंख्या जनशक्ति व्यवस्थापन सम्बन्धी बेग्लै मन्त्रालय आवश्यक रहेको बताएकी छिन । हाल मुलुकमा संयुक्त रुपमा स्वास्थ्य र जनसंख्या मन्त्रालय रहेको छ ।
विश्व जनसंख्या दिवस २०२२ का अवसरमा त्रिभुवन विश्वविद्यालय, जनसंख्या अध्ययन केन्द्रीय विभागले मंगलबार आयोजना गरेको ‘जनसंख्या, समृद्धि र विकास’ विषयक विचार गोष्ठीमा सांसद पौडेलले नेपालमा कुन क्षेत्रमा कति जनशक्ति, कर्मचारी र प्राविधिक आवश्यक पर्छ भन्ने योजना तर्जुमा र व्यवस्थापन गर्न बेग्लै मन्त्रालय आवश्यक रहेको बताएकी हुन ।
जनशक्तिको उचित योजना अभावमा युवामा बेरोजगारी र विदेश पलायनको क्रम बढेको औँल्याउदै राईले खेतीयोग्य जमिन, धेरै जनसंख्या, धेरै सीमानाका मधेसमै भए पनि त्यही प्रदेशमा बढी बसाइसराइ हुनुका कारण खोज्न आग्रह समेत गरिन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!