अनुहार धुने स्वस्थकर वैज्ञानिक तरिका


तपाईंले आफ्नो अनुहार कसरी धुनु हुन्छ, यसले तपाईंको आकृतिमा फरक पार्न सक्छ । तपाईंको अनुहार स्वस्थ राख्न मद्दतको लागि अमेरिकन एकेडेमी अफ डर्मेटोलजी एसोसिएसन(एएडी)का छाला रोग विशेषज्ञहरू बाट यी सुझावहरू पालना गर्नु सक्नु हुन्छ ।

  • कोमल, खस्रो नभएको, सफा गर्ने(क्लिन्जर) जसमा अल्कोहल छैन त्यसलाई प्रयोग गर्नुहोस्
  • अनुहारलाई मनतातो पानीले भिजाउनुहोस् र अनुहारमा क्लिन्जर लगाउन आफ्नो औँलाको टुप्पो प्रयोग गर्नुहोस् । तपाईंको औँलाहरू बाहेक, धुने कपडा, जाल, स्पन्ज, वा अन्य कुनै पनि चीजहरू प्रयोग गर्दा तपाईंको छाला पोल्न सक्छ।
  • आफ्नो छाला लाई दल्ने (स्क्रब) लोभ को प्रतिरोध गर्नुहोस् किनभने स्क्रबिंगले छालालाई पोल्छ ।
  • मनतातो पानीले सफा गर्नुहोस् र नरम तौलियाले सुकाउनुहोस्।
  • यदि तपाईंको छाला सुख्खा वा चिलाउने छ भने मोइस्चराइजर लगाउनू होस । आफ्नो आँखा वरिपरि कुनै पनि क्रिम कोमल तरिकाले लगाउनु होस । आखा छेउ छाउको कोमल छालामा धेरै कडा नतान्नुस ।
  • दिनमा दुई पटक र पसिना आए पछि अनुहार धुने प्रकृया सीमित गर्नुस् । बिहान र बेलुका एक/एक पटक अनुहार धुनुहोस् साथै धेरै पसिना आए पछि पनि धुन सकिन्छ । विशेष गरी टोपी वा हेलमेट लगाउँदा आउने पसिना छाला लाई पोल्छ । पसिना आएपछि सकेसम्म चाडो आफ्नो छाला धुनुहोस्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!