काभ्रेपलाञ्चोकमा नयाँ हेल्थ पोष्ट को लागि जापानी सहयोग


काठमाडौं– जापान सरकारले काभ्रेपलाञ्चोक जिल्लाको चौँरी देउराली गाउँ पालिकामा स्वास्थ्य चौकी निर्माण गर्न सहयोग गर्ने भएको छ । काभ्रेपलाञ्चोक जिल्लामा नयाँ हेल्थ पोष्ट निर्माणको लागि जापानका राजदूत किकुता युताका र रुरल इम्पावरमेन्ट सोसाइटीका का अध्यक्ष  मनोजराज पन्त बिच अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।

काठमाडौं स्थित जापानी दूतावासमा एक समारोह बिच मंगलबार अनुदान सम्झौतामा दुवै पक्ष बिच हस्ताक्षर भएको हो । यो परियोजना जापान सरकारको ‘ग्रास रुट हृयुमेन सेक्म्युरिटि प्रोजेक्ट’ अन्तर्गत करिव एक करोड ४० लाख रुपियाँ अनुदान सहायता अन्तर्गत वित्त पोषित छ ।

यो परियोजनाले चिकित्सा क्षेत्रमा सुधार ल्याउने र नेपाल एवं जापानका जनताको बिचको मित्रतालाई थप प्रगाढ बनाउने जापानी दुतावासले जनाएको जनाएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!