क्युरेक्स फर्मास्विटिकल्स को भिटामिन सी चक्की को बजार बिक्री वितरण दर्ता प्रमाणपत्र रद्द


काठमाडौं – स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग (डिडिए)ले बनेपा, काभ्रे स्थित ‘क्युरेक्स फर्मास्विटिकल्स प्रालि’ वाट उत्पादीत ‘माई भिट – सी’ चक्की औषधी ( एस्कॉर्बिक एसिड् ( भिटामिन सी) आइपी ५०० एमजी को बजार बिक्री वितरण दर्ता प्रमाणपत्र रद्द गरेको छ ।

डिडिए ले सूचना जारी गर्दै ‘माई भिट – सी’ चक्की को विभिन्न व्याचहरु को राष्ट्रिय औषधि प्रयोगशालाबाट प्राप्त विश्लेषण प्रतिवेदन अनुसार तोकिएको गुणस्तर नपाईएको ले विभागीय निर्णयानुसार औषधिको बिक्री वितरण प्रमाणपत्र रद्द गरेको जनाएको छ ।

उक्त औषधिको बजार बिक्री वितरण दर्ता प्रमाणपत्र औषधि ऐन, २०३५ को दफा २० ( ४ ) बमोजिम रद्द गरिएको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!