६४ औ चिकित्सक लाइसेन्स परिक्षाको लागि आवेदन फारम खुल्ला


काठमाडौं – नेपाल मेडिकल काउन्सिलको ६४ औ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाईसेन्स परीक्षा) मा सहभागि हुन मंसिर २७ गते देखि अनलाईन आवेदन फाराम खुल्ला गरिएको छ ।

६४ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा २०७९ साल माघ १२ देखि १४ गते ( सन २०२३ जनवरी २६ देखि २८ तारिख ) गरी तिन दिन सञ्चालन हुने छ ।

लाइसेन्स परिक्षा मा सहभागी हुन exam.nmc.org.np मा दिईएको निर्देशन अनुसार अनलाइन आवेदन फाराम भरि बुझाउन सकिने काउन्सिल ले जनाएको छ ।

अनलाइन आवेदन फाराम भर्ने र बुझाउने व्यवस्था चौबिसै घण्टा खुल्ला रहनेछ । परीक्षा सञ्चालन इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक ललितपुरमा कम्प्युटर प्रविधिबाट हुने काउन्सिलले जनाएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!