हेटौडा अस्पतालमा मृर्गौला प्रत्यारोपण सेवा शुरु हुने


हेटौडा – मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौडाले आर्थिक बर्ष २०७९- ८० मा मृगौला प्रत्यारोपण शुरु गर्ने भएको छ ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौडा अस्पताल बीच मृर्गौला प्रत्यारोपण सेवा शुरू गर्ने र डाइलाइसिस सेवा विस्तार गर्नको लागि मंगलवार द्विपक्षीय सम्झौता भएको हो ।

बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा प्रतिष्ठानका पदाधिकारी हरु, हेटौंडा अस्पतालका प्रमुख, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठ र नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशीको उपस्थितिमा दुवै केन्द्र विच आपसी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यस्तै बागमती प्रदेश अन्तर्गतका विभिन्न अस्पताल हरुमा डाइलाइसिस सेवा विस्तार गर्ने, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले कर्मचारीहरुको लागि जनशक्तिको तालिम, अध्यापन आदि व्यवस्थापन गर्ने सहमति समेत भएको छ ।

यति मात्र नभई मस्तिष्क मृत्यूबाट हुने अंगदान र प्रत्यारोपण लगायतका कार्य प्रभावकारी बनाउने, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौडाका स्वास्थ्यकर्मीहरु लाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा मृर्गौला प्रत्यारोपण फेलोशिप, एमसिएच युरोलोजी, डिएम नेफ्रोलोजि, नर्सिङ्ग विषयको स्नातक तथा स्नाक्तोकोत्तर तह लगायतको शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक गृहकार्य गर्ने लगातका बुदाहरु सहित को समझदारीपत्रमा हस्ताक्षर भएको डा श्रेष्ठ ले वताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!