दैनिक कोभिड संक्रमण दर ९.८२ प्रतिशत


काठमाडौं– पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले बुधवार जारी गरेको तथ्यांक अनुसार ३ हजार ९ सय ८१ नमुनाको पिसिआर र एन्टिजेन परीक्षणमा ३ सय ९१ जना संक्रमित फेला परेका हुन् ।

बुधवारको दैनिक कोभिड संक्रमण दर ९.८२ प्रतिशत देखिएको छ । २ हजार ५ सय ६२ नमुनाको पीसीआर परीक्षणमा ३ सय ४० र १ हजार ४ सय १९ नमुनाको एन्टीजेन परीक्षणमा ५१ जना संक्रमित देखिएका हुन् ।

पछिल्लो २४ घण्टामा ४६ जना डिस्चार्ज समेत भएका छन् । हाल देशभरीमा २ हजार २ सय ७६ जना कोभिड का सक्रिय संक्रमित छन ।
बुधवार देशभरीमा कोभिड विरुद्धको खोप लगाउनेको संख्या १ लाख २१ हजार ५ सय १५ रहेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!