जाडो यामको ‘सुपर फुड’ हो अमला, जानौ यसको ६ फायदा

हामीले दिनहुँ अमला सेवन गर्यो भने मुटुको रोगबाट बाच्न सकिन्छ । अमलामा पाइने भिटामिन सी ‘एथेरोस्कलेरोसिस’ जस्तो रोग हुन वाट जोगाउँछ । एथेरोस्कलेरोसिसमा धमनीहरू कडा वा साँघुरो हुन्छन । जसले गर्दा धमनीमा रगतको प्रवाह अवरुद्ध हुन्छ । ‘एथेरोस्क्लेरोटिक कार्डियोभास्कुलर’ भनिने यो रोगले गर्दा हर्ट एटैक, स्ट्रोक/पक्षाघात, पेरिफेरल भास्कुलर रोग लाग्ने खतरा हुन्छ ।


जाडो याम सँगै थुप्रै रोग समेत आउने गरेको छ । चिकित्सक र स्वास्थ्य विज्ञहरूले मौसमी फल खानाले हरेक प्रकारको रोग ले बाच्न सक्ने बताउँछन । यस्तै एउटा मौसमी फल हो अमला । जाडो याममा अमला खानाले हामीलाई धेरै फायदा हुन्छ । जानौँ अहिलेको चिसो मौसममा अमला खाने सल्लाह किन दिइन्छ ?

भिटामिन ‘सी’ ले परिपूर्ण
अमला खाने सबै भन्दा ठुलो कारण यसमा धेरै बढी भिटामिन सी हुनु हो । भनिन्छ एक सय ग्राम अमलामा सुन्तलाको दाँजोमा १० देखी ३० गुणा बढी भिटामिन सी हुन्छ ।

हामीले दिनहुँ अमला सेवन गर्यो भने मुटुको रोगबाट बाच्न सकिने विज्ञहरू बताउँछन । अमलामा पाइने भिटामिन सी ‘एथेरोस्कलेरोसिस’ जस्तो रोग हुन वाट जोगाउँछ ।

एथेरोस्कलेरोसिसमा धमनीहरू कडा वा साँघुरो हुन्छन । जसले गर्दा धमनीमा रगतको प्रवाह अवरुद्ध हुन्छ । ‘एथेरोस्क्लेरोटिक कार्डियोभास्कुलर’ भनिने यो रोगले गर्दा हर्ट एटैक, स्ट्रोक/पक्षाघात, पेरिफेरल भास्कुलर रोग लाग्ने खतरा हुन्छ ।

‘इम्युन सिष्टम’को लागि फाइदाकारी
जाडो याम इम्युन सिष्टम अर्थात हाम्रो शरीरको प्रतिरक्षा प्रणालीको लागि बढी कठिन हुन्छ । अमलामा पाइने भिटामिन चिसो र भाइरस सँग जुध्न लाई हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउछ जसबाट शरीर रोग आक्रमणबाट बाच्ने गरेको छ ।

कोशिकाहरू, तन्तु, अंग र उनिहरुद्वारा बनाइने पदार्थको जटिल नेटवर्क जसले शरीरलाई संक्रमण र अन्य रोगबाट लड्न सघाउँछ त्यसलाई नै इम्युन सिस्टम भनिन्छ । यो प्रणाली बलियो नभए हामीलाई थुप्रै गम्भिर समस्या हुन सक्छ ।

मुखको घाउ (माउथ अल्सर) लाई हटाउँछ
यदि तपाइको मुखमा धेरै जसो घाउ हुन्छ भने अमला भन्दा राम्रो उपचार अरु केही हुन सक्दैन । मनतातो पानीमा अमलाको जुस मिसाएर हरेक दिन सेवन गर्नुस् । तपाइ केही दिन मै यसको असर देख्नु हुन्छ । बारम्बर घाउ हुने समस्या समाप्त हुन्छ ।

दिनहुँ काचो अमला खानाले वा यसको जुस पिउनाले दाँत र गिजा बलियो हुन्छ । यस बाहेक यो सासको दुर्गन्ध समेत हटाउँछ ।

ब्लड सुगर नियन्त्रित गर्छ
अमलामा क्रोमियम नाउ गरेको तत्व पाइन्छ । यो ब्लड सुगर नियन्त्रण गर्नमा धेरै उपयोगी हुन्छ । मधुमेहको बिरामीहरूको लागि अमला धेरै राम्रो फल हो । उसो अमलामा धेरै बढी फाइवर(रेशा) हुने भएकोले यसलाई धेरै बढी मात्रामा खानु हुदैन । बढी फाइबर वाट‘ इरिटेवल ववेल सिन्ड्रोम ’ को समस्या हुन सक्छ ।

कालो पोतो हटाउँछ
अमलामा रगत सफा गर्ने गुण हुन्छ । यसैले यसको सेवनले कालोपोतो को समस्या मा कमी आउछ र छाला दाग रहित एवं चम्किलो वन्छ । अमलामा पाइने भिटामिन सी छाला लाई ओसीलो(हाइड्रेटेड) राख्छ र छालाको सुन्नाइ कम गर्छ । यो छालाको खराव भएका कोषिकामा ज्यान हाल्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!