विषाक्त रसायनको मिसावट हेरेर मात्र बच्चाहरूमा प्रयोग हुने झोल औषधि बिक्री गर्न औषधि व्यवस्था विभागको निर्देशन


काठमाडौं– औषधि व्यवस्था विभाग (डिडिए) ले मुलुकमा भएका सबै उत्पादक तथा पैठारीकर्तालाई झोल औषधिहरूमा ‘एथलिन ग्लाइकोल’ र ‘डाइएथिलिन ग्लाइकोल’, को मिसावट भएका औषधिहरू बिक्री वितरण नगर्न  निर्देशन दिएको छ ।

बच्चाहरूमा प्रयोग हुने झोल औषधिहरूमा यी दुई विषाक्त रसायन मिसिएको हुन सक्ने जनाउदै डीडीएले अनिवार्य यकिन गरेर मात्र बिक्री वितरण गर्न सूचना जारी गरेको हो ।

डिडिएले ‘एथलिन ग्लाइकोल, डाइएथिलिन ग्लाइकोल’ सम्बन्धी सूचना यसै साता जारी गर्दै सम्बन्धित निकाय हरूलाई उक्त निर्देशन दिएको हो ।

प्रोपिलिन ग्लाइकोल’, ‘पोलिएथिलिन ग्लाइकोल’,‘सोर्बिटोल’ र ‘ग्लिसरिन/ग्लिसरोल’ जस्ता सहायक कच्चा पदार्थहरू प्रयोग भएर मुलुक मा उत्पादन तथा पैठारी हुने मुख्य रूपले झोल बनावटका औषधिहरूमा मिसावट नभएको यकिन गरी मात्र बिक्री वितरण गर्न डीडीएले जनाएको हो ।

डीडीएको अनुसार जाम्बिया तथा इन्डोनेसिया लगायतका देशहरूमा बच्चाहरूमा प्रयोग हुने झोल बनावटका औषधिहरूमा ‘एथलिन ग्लाइकोल’, तथा ‘डाइएथिलिन ग्लाइकोल’, जस्ता विषाक्त रसायन युक्त मिसावटका कारणबाट बच्चाहरूको मृगौलामा गम्भीर प्रति असर / दुष्प्रभाव भई मृत्यु भएको पुष्टि विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!