मंकीपक्स को नयाँ नाम ‘एम पक्स’


विश्व स्वास्थ्य संगठन ले मंकीपक्स को नाम परिवर्तन गरेर ‘एमपक्स’, गरेको छ । डब्लुएचओले २८ नोभेम्बर (गत सोमवार) एउटा स्टेटमेन्ट जारी गरेर यो जानकारी दिएको हो ।
मंकीपक्स भाइरसको नाम परिवर्तन गर्ने निर्णय राम्ररी विचार गरेर गरिएको हो । यो निर्णय लिनुको कारण समेत डब्लुएचओले बताएको छ ।

नयाँ नाम ‘एमपक्स’ राख्नु अघि डब्लुएचओले विश्वका विज्ञहरू सग पटक पटक वार्ता गरेको थियो । किनभने, यो वर्ष मंकीपक्स को प्रकोप (आउट ब्रेक) फैलिए पछि धेरै देश र समुदायहरूमा जातिवादी नश्लभेदी र अपमानजनक शब्दहरू देखिएका थिए ।

यी सबै केसहरू मंकीपक्स रोग को नाम सँग जोडिएका थिए र थुप्रै देश र व्यक्तिले यसको नाम परिवर्तन गर्न अपिल गरेका थिए ।

यो भाइरस पहिलो पटक सन् १९७० को दशकमा थुनिएर राखिएको बाँदरमा भेटिएको थियो । जसका कारण यो भाइरसको नाम मंकीपक्स राखिएको हो । त्यस बेलासम्म डब्लूएचओले कुनै पनि रोग वा भाइरसको नामकरण गर्ने नियम कानुन जारी गरेको थिएन । यी नियम कानुन सन् २०१५ मा प्रकाशित भएका थिए ।

अझै एक वर्ष सम्म चलनमा रहनेछ मंकीपक्स नाम
डब्लुएचओको अनुसार मंकीपक्स शब्दको चलन अझै एक वर्षसम्म जारी रहनेछ । विज्ञ र जनता बीच कुनै प्रकारको अन्योल भ्रम नहोस् भनेर यो निर्णय गरिएको हो । मंकीपक्स को यो पर्यायवाची शब्द ‘आइसीडी–१०’, मा केहि दिनमा समावेश गरिने छ ।

नाम कसले राख्छ ?
कुनै रोग वा भाइरसको नामकरण वा परिवर्तन गर्ने जिम्मेवारी ‘इन्टरनेशनल क्लासिफिकेसन अफडिजिज’ (आइसीडी) को अन्तरगत डब्लुएचओ र इन्टरनेसनल हेल्थ रिलेटेड क्लासिफिकेसनको ‘डब्लुएचओ– एफआइसी’ सँग छ । यो संस्थाले कुनै पनि नामलाई डब्लुटिओको सदस्य सँग पर्याप्त कुराकानी गरे पछि नै राख्न सक्छ ।

मंकीपक्स को लक्षणहरू पहिले जस्तै
मन्कीपक्स का लक्षणहरू पहिले जस्तै छन् र यी लक्षणहरूलाई अब एमपक्सको लक्षण भनिनेछ ।मंकीपक्स भाइरसबाट संक्रमित भएको ५ देखि २१ दिनपछि लक्षणहरू देखिन थाल्छ्। डब्लूएचओका अनुसार ज्वरो, गम्भीर टाउको दुखाइ, कमर दुखाइ, लिम्फ नोड सुन्निनु, ऊर्जाको कमी, शरीरमा दागहरू देखिनु, हत्केला, पैतालामा फोका देखिनु, अनुहार, जिउ, कमर आदिमा फोका देखिनु, फोकामा पिप भरिनु आदि यसको संकेत हुन सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!