‘लक्ष्य प्राप्त गर्न विशेष प्रकारको थप रणनीतिक अभ्यास अगाडि बढाउनु पर्ने आवश्यकताः स्वास्थ्य सचिव डा.रोशन पोखरेल’


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले गत ५ वर्षमा १ वर्ष मुनीका शिशुको मृत्यु दरमा कुनै परिवर्तन नभएको, अझै पनि खोपमा सोचे जति लक्ष्य सबै ठाउँ पुर्याउन नसकिएको र अन्य सूचकहरू खासै सन्तोषजनक नहुने भएकोले यसलाई निराकरण गर्न विशेष प्रकारको थप रणनीतिक अभ्यास अगाडि बढाउनु पर्ने आवश्यकता औंल्याएका छन ।

स्वास्थ्य मन्त्रालयद्वारा सोमवार देखी शुरु गरिएको दुई दिने राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीको उद्घाटन समारोह स्वास्थ्य सचिव डा.पोखरेलले उक्त आवश्यकता औंल्याएका हुन ।

‘दुई तन वटा कुरामा हामीले काम गर्नु पर्छ, भर्खर प्राप्त सर्वेक्षण र हामीले गर्नु पर्ने कामहरूबारे समेत यो गोष्ठीमा समीक्षा हुने छ’, डा.पोखरेलले देश भरी वाट आएका चिकित्सक, स्वास्थ्यकर्मी लगायतका हरूलाई सम्बोधन गर्दै स्वास्थ्य सम्बन्धी अन्य मुद्दा बारे समेत औंल्याए ।

आधारभुत अस्पतालहरूमा स्थानीय तहको सहभागितामा प्रदेश र केन्द्रले कसरी एक आपसमा सहयोग गर्न सकिन्छ ? भन्ने प्रश्न गर्दे डा.पोखरेलले भने–‘५, १० १५ वेडका अस्पतालहरू बन्ने क्रममा हुँदा खेरि किन ढिलो भइ रहेको छ ? समीक्षा गर्नु पर्ने हुन्छ, त्यसलाई कसरी छिटो गर्ने ?’

स्वास्थ्य सँग सम्बन्धित ऐन नियम आदि बाझिएर समेत स्वास्थ्य सेवा कार्यान्वयनमा ढिलाइ भइ रहेको बारे उनले प्रश्न उठाए ।

‘कति ऐन कति नियम बाझिएका छन त्यसलाई केन्द्रले कसरी फुकुवा गर्ने बारे छलफल गर्नु पर्ने हुन्छ’, डा.पोखरेलले भने–‘स्वास्थ्य बिमामा काम भइरहेको छ तर पनि त्यो कामले जनता र बिमा प्रदायक संस्था दुवै लाई चित्त बुझाउन सकी रहेका छैनौ की ? यसमा पनि अझै परिपक्व भएर काम अगाडि बढाउनु पर्ने हुन्छ ।’

‘हामी कतै सेवा प्रवाहको नाममा त्रुटि त गरिरहेका छैनौ ’, वार्षिक समीक्षा गोष्ठीमा स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङले स्वास्थ्य क्षेत्रमा सुधार गर्नु पर्ने धेरै पक्ष रहेको र स्वास्थ्य सेवा बारे आम जनताको प्रतिकृया समेत त्यति राम्रो नरहेको जनाए ।

स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा.संजय ठाकुरले गोष्ठीमा स्वास्थ्य क्षेत्रमा कति प्रगति हासिल भयो, कति चुनौती आए, प्राथमिकता केहो लगायतका बारे विस्तृत छलफल हुने बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!