विशेषज्ञ चिकित्सक दर्ता परीक्षामा २६ प्रतिशत अनुत्तीर्ण


काठमाडौ–नेपाल मेडिकल काउन्सिल ले शुक्रबार सञ्चालन गरेको २४औं विशेष परीक्षामा सहभागि चिकित्सकहरू मध्ये झण्डै २६ प्रतिशत अनुत्तीर्ण भएका छन ।

काउन्सिलले ४४ विधामा सञ्चालन गरेको विशेष परीक्षामा ४ सय ७६ जना परीक्षार्थी सहभागी भएकोमा २५.६३ प्रतिशत अर्थात १ सय २२ जना अनुत्तीर्ण भएका हुन ।

काउन्सिलको अनुसार विशेष परीक्षामा सहभागि भएकाहरू मध्ये ७४.१६ प्रतिशत अर्थात ३ सय ५३ जना उत्तीर्ण भएका हुन । एक जनाको नतिजा रोक्का समेत भएको छ ।

परीक्षाको नतिजामा चित्त नबुझे परीक्षार्थीले पैँतीस दिन मित्र पुनर्योगका लागि एक हजार पाँच सय रुपैयाँ दस्तुर बुझाएर काउन्सिलको इमेल मार्फत आवेदन गर्न सक्ने छन् ।

हाल सम्म मेडिकल काउन्सिलमा विशेषज्ञ चिकित्सक अन्तर्गत एमडी/एमएस गरी ५ हजार ९ सय ६० पुरुष र २ हजार २ सय ४३ महिला गरी जम्मा ८ हजार ३ सय ३ जना दर्ता छन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!