पोलियो खोप तालिका परिवर्तन /अब वालवालिका लाई एक वर्ष भित्र १४ साता र ९ महिना गरी २ मात्रा पोलियो खोप


काठमाडौँ – नेपाल सरकारले पोलियो विरुद्धको खोप ‘फ्र्याक्सनल डोज इनएक्टीभेटेड पोलियो भ्याक्सिन (एफआईपीभी) को नियमित खोप तालिका परिवर्तन गरेको छ ।

स्वास्थ्य मन्त्रालयले गत कात्तिक १७ गते मन्त्री स्तरीय निर्णय गरेर खोप तालिका परिवर्तन गर्ने निर्णय गरेको हो ।

अब नया तालिका अनुसार एक वर्ष भित्रका बालबालिकालाई १४ साता र ९ महिनामा गरी २ मात्रा खोप दिईनेछ ।

त्यसैगरी छुट भएमा ५ वर्ष भित्रका सम्पूर्ण बालबालिकालाई ४ महिना (१६ साताको फरकमा) २ मात्रा खोप दिइने छ ।

स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठन को सुझाव र राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस को आधार मा  खोप तालिका परिवर्तन गरेको हो ।

यसअघि एक वर्ष भित्रका बालबालिका लाई दिइने एचआईपीभी खोप ६ साता र १४ साता गरेर  दुई पल्ट दिइन्थ्यो भने छुटेका ५ वर्ष भित्रका सबै बालबालिका लाई ८ साताको अन्तर मा दुई मात्रा खोप दिइन्थ्यो ।

सरकारले २०७५ साल साउन देखि बालबालिकाहरुलाई एचआइपीभी खोप दिन थालेको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!