‘डायलासिस र मृगौला प्रत्यारोपणमा पालो कुर्ने अवस्था अन्त हुनु पर्छः स्वास्थ्य राज्य मन्त्री केसी’


भक्तपुर – स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हीराचन्द्र केसीले डायलासिस र मिर्गौला प्रत्यारोपणमा पालो कुर्नुपर्ने अवस्था लाई निराकरण गर्नुपर्ने बताएका छन ।
राज्य मन्त्री केसीले मंगलबार भक्तपुर स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगम गर्दै उक्त कुरा बताएका हुन ।

‘अहिले पनि सजिलै सँग केन्द्रबाट डायलासिस नभएको सुनिन्छ । निकै पालो कुर्नुपर्ने अवस्था छ’, राज्य मन्त्री केसीले भने– ‘यस्तै, प्रत्यारोपण गर्न निकै समय लाग्छ । यो अवस्थाको अन्त्य गर्नुपर्छ ।’

राज्य मन्त्रीले डायलासिस र प्रत्यारोपणमा पालो कुर्नु पर्ने अवस्थाको अन्त गर्न ‘आफूले के गर्नु पर्ने हो’, त्यस बारे आफ्नो तर्फ वाट पहल गर्ने समेत बताए ।
प्रत्यारोपण केन्द्रमा नाम टिपाएका सबैको पालो आउन समय लाग्ने समस्याको हल गर्न आवश्यक रहेको र बेड नपाएर विरामी मर्कामा पर्ने गरेको औँल्याउदै राज्य मन्त्रीले यसबारे आफूले सहजीकरण गर्ने समेत जनाए ।


भक्तपुर क्यान्सर अस्पतालमा ५ सय बेड आवश्यक

राज्य मन्त्री केसीले भक्तपुर क्यान्सर अस्पतालमा न्यूनतम सय बेड आवश्यक देखेको बताए । राज्य मन्त्रीका अनुसार त्यति बेड भए पछि दुइृ दशक सम्म सहज हुने समेत औँल्याए ।

उनले क्यान्सर अस्पतालको चिकित्सकहरू सीमित स्रोत साधनका बाबजुद रातदिन खटेर सेवा प्रवाह गरेको भन्दै अस्पताललाई धन्यवाद समेत दिए । स्वास्थ्य राज्य मन्त्रीले दुवै अस्पताललाई बिरामी मैत्री सेवा प्रवाह गर्न निर्देशन समेत दिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!