प्रदेश १ का वनमन्त्री थापाको डेँगुबाट निधन


विराटनगर — प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापाको बुधवार बिहान निधन भएको छ । डेंगु संक्रमित थापालाई पछिल्लो समय निमोनिया समेत देखिएको थियो ।

५६ वर्षीय थापा केही दिनअघि डेँगुबाट संक्रमित भएका थिए । विराटनगरस्थित नोबेल अस्पतालमा गत सोमवार पुनः भर्ना भएका थापाको बुधवार बिहान साढे १० बजे निधन भएको अस्पतालका प्रबन्धक नारायण प्रसाद दाहालले नेपालहेल्थप्रेसलाइ बताए ।

थापा मोरङ क्षेत्र नम्बर ३(१) मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार रहेका थिए । उनले उम्मेदवारी दर्ताको अर्को दिन असोज २४ गते काठमाडौं स्थित हृयाम्स अस्पतालमा भर्ना भएका थिए ।

उनलाई गत मंगलबार हृयाम्सबाट विराटनगर स्थित नोबेल अस्पताल सारिएको थियो । मंगलबार परीक्षणका क्रममा थापालाई निमोनिया समेत देखिएको दहालले बताए ।

पथरी शनिश्चरे–८ का स्थायी वासी थापा लामो समय तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिवको भूमिका समेत निभाएका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । 


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!