नेपालमा अझ ५ सय ६२ जनालाई कोरोना संक्रमण

दैनिक संक्रमण दर २.२२ प्रतिशत । पछिल्लो १२ दिन देखी कोरोनाले कसैको ज्यान लिएको छैन ।


काठमाडौं– मुलुकमा अझै ५ सय ६२ जना कोरोना संक्रमित रहेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार जारी गरेको विवरण अनुसार देश भर मा हाल ५ सय ६२ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन ।

शनिवार गरिएको पिसिआर परिक्षण वाट दैनिक संक्रमण दर २.२२ प्रतिशत देखिएको छ । ४ सय ४९ नमुनाको पिसिआर परिक्षण दैनिक गर्दा १० जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै ८ सय २७ नमुनाको एन्टीजेन परिक्षण गर्दा ०.७२ प्रतिशत अर्थात ६ जनामा कोरोना संक्रमण देखिएको हो ।

पिसिआर र एन्टीजेन दुवै गरी १ हजार २ सय ७६ नमुनाको शनिवार परिक्षण गर्दा १.२५ प्रतिशत अर्थात १६ जना मा कोरोनाको संक्रमण पत्ता लागेको हो । शनिवार कोरोना संक्रमण निको भएर १७ जना डिस्चार्ज समेत भएका छन ।

गत असार ९ गते देखी शुरु भएको पछिल्लो चौथा लहरमा हाल सम्म ५९ जनाको मृत्यु भइ सकेको छ । झण्डै करिव एक महिना पछि कार्तिक ७ गते कोरोनाले थप १ जनाको मृत्यु भएको थियो । पछिल्लो १२ दिन देखी कोरोनाले कसैको ज्यान लिएको छैन । हाल सम्म मुलुकमा चार वटै लहर अन्तर्गत कोरोना संक्रमण ले १२ हजार १९ जनाको मृत्यु भएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!