डा. तोसिमा कार्कीको उम्मेदवारी कायम


काठमाडौँ – ललितपुर क्षेत्र नम्बर – ३ बाट प्रतिनिधिसभामा डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।कार्की नेपाल स्वतन्त्र पार्टी बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन ।

नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले डा. कार्कीले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो ।

उम्मेदवारी खारेजी विरुद्ध सर्वोच्च पुगेकी कार्की को निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडाल को इजलासले उम्मेदवारी कायम गर्न निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!