गोरखा अस्पतालमा डा. अविनाश पराजुली माथी सांघातिक हमला गर्ने लाई पक्राऊ गरी कडा कारबाही को मांग


काठमाडौं – राष्ट्रिय चिकित्सक संघ, नेपालले गोरखा अस्पतालमा डा. अविनाश पराजुली माथी गत आइतवार दिउसो भएको सांघातिक हमलाको भर्त्सना गर्दै दोषी लाई अविलम्व पक्राउ गरी कडा कारबाही को मांग गरेको छ ।

संघका महासचिव डा. पुष्पमणी खरालले विज्ञप्ती जारी गर्दै दोषी लाई पक्राउ गरी कडा कारबाही को मांग गरेका हुन ।

संघको अनुसार केहि अराजक व्यक्तिहरूले कार्तिक ६ गते अपरान्ह करिव ४:३० बजे गोरखा अस्पतालको बहिरंग विभागमा चिकित्सा सेवा दिइरहेका डा. पराजुली माथि सांघातिक हमला गरेको थियो ।

उपचारसंग सम्बन्धि विषयमा चित्त नबुझे प्रचलित कानून अनुसार कारवाहीका लागि माग गर्ने प्रावधान भए पनि भौतिक आक्रमणले आतंक श्रृजना गरी सेवारत स्वास्थ्यकर्मीको मनोबल गिराउने काम अत्यन्त निन्दाजनक र भर्त्सना योग्य रहेको समेत संघ ले जनाएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!