‘एक्सबीबी’ भेरिएन्टले कोरोनाको नयाँ लहर ल्याउन सक्ने’


काठमाडौं–छिमेकी मुलुक भारत लगायत विश्वको अन्य भाग संगै हालै नेपालमा समेत देखिएको ‘ओमिक्रोन’ को ‘एक्सबीबी’ सव भेरिएन्टले विश्वको केहि मुलुकमा संक्रमणको नया लहर ल्याउन सक्ने आशंका गर्न थालिएको छ । भाइरस उत्परिवर्तन (म्युटेसन) ले गर्दा बढी संक्रामक हुदै गइ रहेको छ ।

विज्ञहरुले ‘एक्सबीबी’ले देखिन सक्ने नया लहरवाट जोगिन मास्कको प्रयोग लगायतका जनस्वास्थ्यको उपायहरु जारी राख्नुपर्ने समेत औल्याएका छन ।

नेपालको विभिन्न भागहरु वाट गत साउन २१ गते देखि आश्विन २४ गते सम्म विभिन्न उमेर समुहका कोभिड संक्रमित हरुको संकलित नमुनाको जिनोमिक पहिचान गर्दा ओमिक्रोन को सब भेरिएन्ट एक्सबीबी देखिएको स्वास्थ्य मन्त्रालयले शनिवार नै जनाएको छ । काठमाडौंवाट संकलित दुइवटा नमुनामा एक्सबीबी सव भेरिएन्ट देखिएकोहो ।

विश्व स्वास्थ्य संगठन की प्रमुख बैज्ञानिक डा.सौम्या स्वामिनाथनले कोभिड भाइरसको ओमिक्रोन रुपको ‘एक्सबीबी’, उप प्रकार (सब–भेरिएन्ट) ले गर्दा केहि मुलुकमा कोरोना संक्रमणको एउटा अझ लहर आउन सक्ने बताएकी छिन ।

डा.स्वामिनाथनले गत विहिबार छिमेकी राष्ट्र भारतको पुणेमा आयोजित विकासशील राष्ट्रको खोप निर्माता नेटवर्क( डीसिविएनएन) को वार्षिक वैठक लगतै पत्रकारहरु संग को कुराकानीमा एक्सबीबीले केहि देशमा नया लहर ल्याउन सक्ने बताएकी हुन ।

ओमिक्रोनको ३ सय भन्दा बढी उप–स्वरुप( सब भेरिएन्ट) रहेकोमा हाल सम्म चिन्ताको कारण पुनः संयोजनले बनेको एक्सबीबी रहेको समेत उनले औंल्याइन ।

एक्सबीबी सब भेरिएन्ट ओमिक्रोनको ‘बीए २.७५’ र ‘बीए २.१०’, भेरिएन्ट बीच पुनः संयोजनले उत्पन्न भएको हो । डब्लूएचओ को अनुसार एक्सबीबी हाल सम्म २५ राष्ट्रमा देखि सकिएको छ ।

नया उप स्वरुप शरिरको प्रतिरक्षा प्रणाली वाट बाच्ने क्षमता राख्ने भएकोले यसमा कोभिड विरुद्दको एन्टिबडीको समेत असर हुदैन । यसैले गर्दा विस्तारै केहि मुलुकमा कोभीडको नया लहर देखिन सक्ने उनले स्पष्ट गरिन ।

पत्रकारहरु सँगको कुराकानीमा डा.स्वामिनाथनले यो समेत स्पष्ट गरिन की हाल सम्म कुनै पनि मुलुकबाट यस्तो तथ्याङ्क प्राप्त भएको छैन जसले एक्सबीबी चिकित्सकीय रुपले कति गम्भिर छ भन्ने वारे थाहा पाइयोस् ।

राजधानी काठमाडौं वाट संकलित दुइ वटा नमुनामा ‘एक्सबीबी’, भेरिएन्ट देखिएको औंल्याउंदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले भने–‘हाल मुलुकमा उल्लेख्य बृद्घ नभए पनि, कोभिडको केश बढेको छ ।’

राजधानीमा ‘एक्सबीबी’, भेरिएन्टले संक्रमित दुई व्यत्तिलाइ खोज्ने (ट्रेस) कार्य शुरु गरिनु साथै उनिहरुलाई निरन्तर निगरानीमा राखिने डा.दासले बताए ।

विज्ञहरुको अनुसार ओमिक्रोनका विभिन्न उप प्रजाति मध्ये ‘एक्सबीबी’ उच्च संक्रामक भनिएकाले हाल नेपालमा मत्थर अवस्थामा रहेको कोरोना संक्रमणको थप विस्तार हुन सक्ने जोखिम देखिएको छ ।

‘विश्वको विभिन्न भागमा कोभिड संक्रमणमा बृद्धि भइ रहेको जानकारी आइ रहेको छ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक डा.समिरकुमार अधिकारीले भने–‘हाल सम्मको जानकारी अनुसार उच्च संक्रामक र खोप द्वारा अर्जित एन्टिवडी लाइ समेत नटेर्ने देखिएकोले यसले नया लहर ल्याउन सक्ने जोखिम छ ।’

नेपालमा कोभिडको चौथो लहर हाल मत्थर अवस्थामा रहेको छ । असार ९ गते देखी शुरु भएको चौथो लहरमा हाल सम्म ५९ जनाको मृत्यु भइ सकेको छ । झण्डै एक महिनाको अन्तराल पछि सोमवार थप एक जनाको मृत्यु भएको हो ।

अहिले देश भरीमा ६ सय ९२ जना कोभिडको सक्रिय संक्रमित छन । कोभीड शुरु भए देखि हाल सम्म मुलुकमा १२ हजार १९ जनाको संक्रमणले मृत्यु भइ सकेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!