नेपालमा उच्च संक्रामक ओमिक्रोन को ‘एक्सबीबी’, सब -भेरिएन्ट पाईयो


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकमा पहिलो पटक उच्च संक्रामक मानिएको ओमिक्रोन को ‘एक्सबीबी’, सब -भेरिएन्ट पाईएको जनाएको छ ।

मुलुकको विभिन्न भागहरुबाट गत श्रावण २१ गते देखि आश्विन १४ गते सम्म कोभिड संक्रमित विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरुको राष्ट्रिय जन स्वास्थ्यप्रयोग शालामा छनौट गरी केही नमूनाहरुको जिनोमिक पहिचान ( जिनोमिक सिक्वेन्सिङ ) गर्दा ओमिक्रोनको सव भेरियन्ट एक्सबीबी नेपालमा पहिलो पटक पहिचान गरिएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको हो ।

उक्त भेरियन्ट हाल विभिन्न देशहरुमा फैलिरहेको र कोभिडको संक्रमण बढेको देखिएको समेत स्वास्थ्य मन्त्रालयले उल्लेख गरेकोछ ।

स्वास्थ्य मन्त्रालय ले दिपावली तथा छठ जस्ता चाडपर्वको समयमा जमघट बढी हुने भएकोले कोभिड तिव्र गतिमा फैलिने संभावना उच्च रहेको जनाएको छ ।

यसैले संक्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी मास्कको उचित प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने जस्ता जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न गराउन सबै लार्ई स्वास्थ्य मन्त्रालय ले अनुरोध समेत गरेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!