एकै दिन पाल्पा को माथागढीमा कुकुर ले २८ जना लाई टोक्यो


पाल्पा – पाल्पाको माथागढी गाउँपालिका – १ मा सडक कुकुरले बिहिवार बेलुकी सम्म २८ जना लाई टोकेको छ ।

कुकुरले स्थानिय वासी लाई अनुहार, खुट्टा तथा हातका विभिन्न भागमा टोकेको छ भने चार जनालाई घाँटीदेखि माथिको भागमा टोकेको हो चिदीपानी, रुप्से, कसेनीमा सडक कुकुरले टोकेर घाइते भएका हरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।

कुकुर टोकाईवाट घाईते भएका २८ जनामध्ये २५ को मिसन अस्पतालमा उपचार भइरहेको बताए । तीन जना अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् ।

टोकाईले घाईते भएका हरु लाई रेबिज विरुद्धको सुई लगाएपछि थप उपचार भइरहेको छ । घाइते मध्ये चार जनालाई कुकुर ले घाँटीदेखि माथिको भागमा टोकेकाले इम्युनोग्लोबिन को इक्जेन्सन लगाउनुपर्छ ।

माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले घाइते सबैको उपचार गाउँपालिकाले नि:शुल्क गरिने बताए ।

तानसेनस्थित पाल्पा अस्पतालमा भने रेविजविरुद्धको खोप अभाव रहेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!