मङ्गलवारको दैनिक कोभिड संक्रमण दर १०.६३ प्रतिशत, ३५७ जना थपिए

कुल सक्रिय संक्रमित मध्ये ६६.१४ प्रतिशत उपत्यकामा


काठमाडौँ — मुलुकमा पछिल्लो २४ घण्टामा थप ३ सय ५७ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार पीसीआरएन्टीजेन अन्तर्गत ३ हजार ३ सय ५७ नमुनाको परिक्षण गर्दा ३ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो । अर्थात मङ्गलबारको दैनिक कोभिड संक्रमण दर १०.६३ प्रतिशत देखिएको छ ।
जसमध्ये १ हजार ८ सय ५७ नमुनाको पीसीआर परिक्षण गर्दा २ सय ६८ जना र १ हजार ५ सय  नमुनाको एन्टीजेन परीक्षणमा ८९ जनामा संक्रमण देखिएको हो ।
हाल देशभरिमा सक्रिय संक्रमित संख्या १ हजार ९ सय ८२ पुगेको छ । यस मध्ये काठमाडौं जिल्लामा १ हजार १ सय ९ जना, भक्तपुरमा ४२ जना र ललितपुरमा १ सय ६० जना गरी उपत्यकामा १ हजार ३ सय ११ जना सक्रिय संक्रमित छन । हाल देशभरिमा रहेका कुल सक्रिय संक्रमित मध्ये काठमाडौं उपत्यकामा नै ६६.१४ प्रतिशत सक्रिय संक्रमित छन ।
२४ घण्टामा निको हुनेको संख्या समेत ६२ रहेको छ । २४ घण्टामा ३६ हजार ३ सय ४८ जनाले कोभिड विरुद्धको खोप समेत लगाएका छन ।
पछिल्लो दुई दिन देखी दिनहुँ एक 
एक जनाको मृत्यु भए पनि मंगलबार सङ्क्रमणले कसैको ज्यान गएको छैन । कोभिड सङ्क्रमणले थला परेर हाल प्रदेश १ मा २ जना र वाग्मती प्रदेशमा १७ जना गरी १९ जना आइसीयु मा उपचाररत छन ।
काठमाडौं उपत्यकामा मात्रै 
१ सय ५४ जना संक्रमित भएका छन् । जसमध्ये काठमाडौंमा १ सय १९, ललितपुर ३० र भक्तपुरमा ५ जना संक्रमित रहेका छन् ।
 


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!