स्वास्थ्य राज्यमन्त्री केसीलाई डेंगु संक्रमण / टेकु अस्पताल भर्ना


काठमाडौ – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु संक्रमण भएपछि शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल टेकु भर्ना भएका छन् ।

गत शुक्रवार सामान्य ज्वरो, टाउको दुखाई लगायतका समस्या देखिए पछि केसीले डेंगु परीक्षण गराएका थिए । राज्यमन्त्रीलाई हाल शरिर गल्ने, टाउको दुख्ने, कमजोर महसुस हुने समस्या देखिएको छ ।

अस्पताल का चिकित्सकहरुको अनुसार केसीको रगत परिक्षण गर्दा ‘प्लेटेलेटेस’ को संख्यामा कमी देखिएको छ भने स्वास्थ्य स्थिति सामान्य रहेको छ। उनलाई एक – दुई दिनमा डिस्चार्ज गरिनेछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!