अरिंगालले टोक्दा बालककाे मृत्यु

एउटा अध्ययनमा अरिंगालको टोकाइबाट घाइते हुनेमध्ये करीव एक चौथाई व्यक्तिहरूको मृत्यु हुने गरेको देखाएको छ 


दार्चुला – शैल्य शिखर नगर पालिका-६ ग्वानिमा अरिंगालले टोक्दा ६ वर्षीय एक बालककाे मृत्यु भएकाे छ ।

आमासँगै मेला गएका प्रशान्तसिंह धामीलाई अरिंगालले टोक्दा मृत्यु भएकाे हो ।

आइतबार दिउँसोतिर आमासँगै खर फागला गएका प्रशान्तलाई घर फर्कने बेला अरिंगालले टोकेको जिल्ला प्रहरी कार्यालय दार्चुला ले जनाएको छ ।

प्रसान्तलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिए पनि उपचारको क्रममै राति मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको एक अनुसन्धानले अरिंगालको टोकाइबाट घाइते हुनेमध्ये करीव एक चौथाई व्यक्तिहरूको मृत्यु हुने गरेको देखाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को जर्नलमा प्रकाशित डा.एम.आर. सिग्देल र डा. के.बी. राउतको अनुसन्धान अनुसार अस्पतालमा भर्ना भएका १८ जना बिरामी मध्ये २५ प्रतिशतको मृत्यु भएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!