‘नेपालको सुर्ति जन्य पदार्थ नियन्त्रण कार्यक्रम सही बाटोमा गइ रहेको छैन : डा.तारा सिंह बम’


काठमाडौँ – नेपालको सुर्तिजन्य पदार्थ नियन्त्रण कार्यक्रम सही बाटोमा गइरहेको छैन ।

इन्टरनेशनल युनियन एगेन्स्ट ट्युबरक्लोसिस एण्ड लग्स डिजिज का निर्देशक डा. तारा सिंह बमले शनिबार नेपालमा सूर्ति नियन्त्रण प्रवर्द्धन गर्न सरकारको जवाफदेहिता विषयक एक कार्यक्रममा उक्त कुरा बताएका हुन ।

‘नीतिको स्तरमा, कार्यक्रमको स्तरमा हामी सही दिशामा गइरहेका छौं ‘, डा बमले सुर्तिजन्य पदार्थ नियन्त्रण कार्यक्रम लाई औल्याउदै भने – ‘तर समस्या कहाँ छ भने कार्यान्वयनको चरणमा ।कार्यान्वयनको स्तरमा जब सम्म हामी सही दिशामा जादैनौ तबसम्म लक्ष्य प्राप्तगर्न सकिदैन।’

संचार माध्यम र नागरिक समाज ले नै नेपालमा सुर्तीजन्य पदार्थ सम्बन्धी काम कारबाहीलाई हालको स्थानसम्म पुर्याएको समेत उनले बताए ।

सरकारको नेतृत्वमा नेपालको सुर्ती जन्य पदार्थ संग सम्बन्धित कानून र कार्यक्रम विश्वकै नम्बर एक भएपनि कानूनलाई कार्यान्वयन गर्ने पाटोमा कमजोरी देखीएको डा. बमले औल्याए ।

दक्षिणपूर्व एसियामा सुर्तीजन्य उद्योग को बारेमा सबैभन्दा राम्रो कानुन नेपालमा भएपनि यो लागू भएको छैन ।

‘कानूनलाई कार्यान्वयन गर्न सरकार लाई अप्ठ्यारो नहुनु पर्ने हो । सुर्तिजन्य पदार्थले गर्दा बर्सेनि २७ हजार मरिरहेका छन् भने यो भन्दा ठूलो इमरजेन्सी के हुन्छ र ?’, डा. बमले भने – ‘धूम्रपानमा प्रतिबन्ध अलिकति राम्रो भएको छ तर सय प्रतिशत भएको छैन ।’

नेपालमा प्राथमिक स्वास्थ्य सेवा केन्द्र मा जुनसुकै उपचार प्रकृया को लागि पुग्ने सबै व्यक्तिलाई शुरुमै सुर्ती सेवन र धुम्रपान गरे नगरेको बारे सोध्नु पर्ने समेत उनले बताए ।

‘स्वास्थ्य केन्द्र आउने प्रत्येक व्यक्ति लाई सूर्ती सेवन र धूमपान गर्नु हुन्छ या हुन्न भन्नेबारे सोध्यो भने यो अम्मल त्याग्ने प्रसंगमा प्रभावकारी देखिएको छ ‘, डा बम ले भने – ‘यो सिंगापुर इन्डोनेसियामा प्रभावकारी देखि राखेको हो ।’

उनले सबै लाई औषधि वा निकोटिन प्याच बाँडेर सुर्ती जन्य पदार्थ छोडाउनु सम्भव नरहेको समेत जनाए ।

सबै व्यक्तिले आफ्नो ठाउँबाट, आ-आफ्नो दायित्व निर्वाह गर्दा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्भव रहेको समेत बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!