प्रा.डा.राजीव झा लाई न्युरोसर्जरी मा ‘एफआरसिएस ‘ को उपाधि/ नेपालमा न्युरो सर्जरीमा काम गर्ने चिकित्सक मध्ये स्व.डा. उपेन्द्र देवकोटा पछि उक्त उपाधी पाउने दोश्रो व्यक्ति


काठमाडौ -चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालका न्युरो सर्जरी  विभागका  प्रमुख प्रा.डा. राजीव झा लाई बेलायतको ‘द रोयल कलेज अफ सर्जन्स अफ इडिनवर्ग ‘ ले   ‘फेलो अफ रोयल कलेज अफ सर्जन्स (एफआरसिएस) ’ को उपाधि प्रदान गरेको छ ।

स्कटल्याण्डमा गत शुक्रवार आयोजित समारोहमा डा. झा लाई उक्त उपाधि प्रदान गरिएको हो ।

नेपालमा न्युरो सर्जरीमा उत्कृष्ट सेवा, नेतृत्वदायी भूमिकाको लागि डा. झा लाई एफआरसिएसको उपाधि प्रदान गरिएको  ‘द रोयल कलेज अफ सर्जन्स अफ इडिनवर्ग ‘ ले उल्लेख गरेको छ ।

नेपालमा न्युरो सर्जरी मा काम गर्ने डाक्टर हरु मध्ये झा भन्दा पहिले वरिष्ठ न्युरो सर्जन स्व. उपेन्द्र देवकोटाले  यो उपाधि प्राप्त गरेका थिए ।

डा. झा न्युरो सर्जन भएपछि  करिव १२ हजार विरामीको न्युरो सर्जरी गरेका छन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!