प्रयोगशाला परीक्षणमा फेल भयो डाबर हनी, बिक्रीमा रोक लगाउँदै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन
काठमाडौँ – बजार अनुगमनका क्रममा संकलन गरिएको डाबर ब्रान्डको मह प्रयोगशाला परीक्षणमा ‘न्यूनस्तरको’ पाइए पछि सरकारले यसको बिक्री वितरणमा तत्काल प्रतिबन्ध लगाउँदै बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल प्रा. लि. बारा द्वारा उत्पादित २०२५ डिसेम्बरको एक विशेष ब्याचको मह मापदण्ड विपरीत पाइएकाले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै यस्तो कदम चालेको हो।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम सूचना जारी गर्दै डाबर नेपाल प्रा. लि., जितपुर सिमरा, बारा द्वारा उत्पादित एक ब्याचको मह बिक्री वितरण नगर्न र बजारबाट तुरुन्त फिर्ता लैजान आदेश दिएको छ।
सन २०२५ डिसेम्बरमा उत्पादित, १८ महिना उपभोग्य अवधि रहेको र ब्याच नम्बर ‘एनबी००४७७’ भएको न्यूनस्तर को डाबर हनीको बिक्री वितरण तत्काल रोक्न र बजारमा पठाइएका सबै सामग्री फिर्ता ल्याउन विभागले उत्पादक कम्पनीलाई आदेश जारी गरेको छ ।विभागका अनुसार प्रयोगशाला परीक्षणमा यो ब्याचको महको गुणस्तर तोकिएको मापदण्ड भन्दा कम देखिएको हो।

प्रतिक्रिया दिनुहोस