स्वास्थ्य सम्बन्धित विज्ञापनमा मेडिकल काउन्सिलको स्वीकृति लिनुपर्ने

'डाक्टरले दुई अवस्थामा मात्र विज्ञापन गर्न पाउँछ, एउटा बिदा बसेको बेला, अर्को सेवा सुचारु हुदा । हरेक शनिबार आउनु हुन्छ, यतिबेला जानुहुन्छ, आदि भन्न पाईन्दैन


काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले चिकित्सा संग सम्बन्धित भ्रमपूर्ण विज्ञापन लाई रोक्न को लागी विभिन्न काम कारवाई सुरु गरेको छ ।

यसअन्तर्गत स्वास्थ्य सम्बन्धी कुनैपनि विज्ञापन गर्न अनुमति लिनुपर्ने व्यवस्थाका लागि विज्ञापन बोर्डसँग मिलेर काम गरिरहेको काउन्सिलको रजिष्ट्रार एबम प्रबक्ता डा. कृष्णप्रसाद अधिकारी ले बताए ।

‘थानकोट कटेपछि रेडियोमा सुनिने ५० प्रतिशत विज्ञापन को कुन वेला कहा विरामी जाच्ने लगायतका डाक्टर हरुका हुन्छन’, डा. अधिकारी ले भने – ‘डाक्टरले दुई अवस्थामा मात्र विज्ञापन गर्न पाउँछ, एउटा बिदा बसेको बेला, अर्को सेवा सुचारु हुदा । हरेक शनिबार आउनु हुन्छ, यतिबेला जानुहुन्छ, आदि भन्न पाईन्दैन ।’

यस्तै जाँड रक्सी छुटाउने, दुध सानो ठुलो पार्ने, कोठी हटाउने लगायतका हुने, नहुने विज्ञापन गर्न नपाइने समेत डा . अधिकारी ले बताए ।

स्वास्थ्य सम्वन्धि विज्ञापनको विषयमा निर्देशिका तयार भइरहेको समेत उनले बताए । भविष्यमा त्यही निर्देशिका अनुसार मात्र स्वास्थ्यको विज्ञापन गर्न पाइनेछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!