सोसाईटी अफ इन्टरनल मेडिसिनको पाँचौ राष्ट्रिय सम्मेलन पोखरामा शुरू


काठमाडौं – सोसाईटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन) को पाँचौ राष्ट्रिय सम्मेलन शुक्रबार देखि पोखरामा हुने भएको छ ।

साइमनको अनुसार दुई दिने सम्मेलन मा देश भरिका फिजिसियन चिकित्सक हरु सहभागी हुनेछन ।

यस्तै सम्मेलनमा बेलायत, भारत, बंगलादेश, माल्दिभ्सका फिजिसियन चिकित्सकहरु को समेत सहभागीता रहने छ ।

सम्मेलनमा ५० वटा कार्यपत्र हरू प्रस्तुत हुनेछ भने  लघु अनुसन्धानका प्रस्तुति हरु समेत रहनेछन ।

यस्तै मुटु, मिर्गौला, स्नायु, बाथ रोग लगायतका संक्रामक रोग सहीत विभिन्न बिषयमा गहन छलफल र विचार विमर्श हुनेछ ।

सम्मेलनको अघिल्लो दिन बेलायतका चिकित्सक हरूले बिभिन्न स्वास्थ्य कर्मी हरूलाई अस्पतालमा उपचार गर्दा गर्दै अकस्मात स्थिति बिग्रेको अवस्थामा कसरी उपचार गर्ने विषयमा तालिम समेत दिएका छन ।

सम्मेलनका मुख्य स्थानीय आयोजक मणिपाल शिक्षण अस्पतालका प्रा. डा. अभिषेक मास्के र आयोजक समितिका प्रमुख शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका मुटुरोग बिशेषज्ञ तथा समाजका सभापति डा. अरुण मास्के छन ।

यस्तै सम्मेलनका प्रमुख बिशेषज्ञ चितवन मेडिकल कलेज, भरतपुरका प्रा. डा. शितल अधिकारी  र स्थानीय सल्लाहकार हरूमा डा. बुद्धि बहादुर थापा, डा. बसन्त ताम्राकार, डा. गोपी हिराचन तथा डा. मुकुन्द आचार्य छन ।

सन् १९९४ मा स्थापित साइमन नेपाली फिजिसियन चिकित्सकहरुको सबै भन्दा ठूलो समाज हो । यसमा ६ सय  भन्दा बढी सदस्य छन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!