डा. हुलास अग्रवाल: चिकित्सक संघको निर्वाचनमा पनि सर्वाधिक मतको कीर्तिमान
काठमाडौँ- नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा डा. हुलास अग्रवाल सबै भन्दा लोकप्रिय उम्मेदवारका रूपमा देखिएका छन। निर्वाचन समितिको अन्तिम नतिजा अनुसार सह सचिव पदमा विजयी भएका डा. अग्रवालले ३,५१० मत प्राप्त गरे, जुन यस निर्वाचनमा विजयी कुनै पनि पदाधिकारीको तुलनामा सबै भन्दा उच्च हो।
डा. अग्रवालको यो चुनावी सफलता पहिलो भने होइन। यस अघि २०७९ सालमा भएको नेपाल मेडिकल काउन्सिल (एनएमसी) को निर्वाचनमा पनि उनले रेकर्ड तोडेका थिए। त्यस बेला काउन्सिलको सदस्य पदमा प्रतिस्पर्धा गर्दा उनले ४,३३२ मत बटुलेका थिए, जुन त्यो निर्वाचनमा कुनै उम्मेदवारले पाएको सर्वाधिक मत थियो।
लगातार दुईवटा प्रतिष्ठित व्यावसायिक संस्थाका निर्वाचनमा सर्वाधिक मतका साथ जित हासिल गरेका बारे प्रतिक्रिया दिँदै डा. अग्रवालले भने -‘ यो केवल मेरो जित होइन, देशभरका सहकर्मी चिकित्सकहरू ले ममाथि देखाउनु भएको ठुलो भरोसा र जिम्मेवारी हो। मेडिकल काउन्सिल देखि चिकित्सक संघ सम्म आइपुग्दा अग्रज, साथीहरूले जुन विश्वास मत दिनुभएको छ, त्यसले मलाई चिकित्सकहरूको हकहित र पेशागत मर्यादाका लागि अझै सक्रिय भएर काम गर्ने ऊर्जा दिएको छ। म यो विश्वासलाई टुट्न दिने छैन।’
यस निर्वाचनमा अध्यक्षमा डा. बद्री रिजाल ३,१९६ मतका साथ विजयी भएका छन । डा. अग्रवालको व्यक्तिगत मत संख्या चिकित्सक संघको हालको निर्वाचनमा सबै पदका विजेताहरू भन्दा बढी रहेको छ।

प्रतिक्रिया दिनुहोस