चिकित्सक संघमा डा. बद्री रिजालको जित, कार्य समितिमा आफ्नै समूहको वर्चस्व


काठमाडौँ – नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा डा. बद्री रिजाल प्यानल सहित विजयी भएका छन। डा. रिजालले आफ्ना निकटतम प्रतिस्पर्धी डा. मंगल रावललाई पराजित गर्दै आगामी तीन वर्षे कार्यकालका लागि संघको बागडोर सम्हाल्ने जिम्मेवारी पाएका हुन । निर्वाचन परिणामले नयाँ कार्यसमितिमा डा. रिजाल समूहको स्पष्ट वर्चस्व देखिएको छ।

अध्यक्ष पदमा रिजालले निकटतम प्रतिस्पर्धी डा. मंगल रावललाई पराजित गरेका हुन। वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी विजयी हुँदै डा. कीर्तिपाल सुवेदीलाई पछि पारे। महासचिव पदमा डा. विश्वराज दवाडी निर्वाचित भएका छन, जहाँ उनले डा. कालुसिंह खत्रीसँग प्रतिस्पर्धा गरेका थिए।

उपाध्यक्ष तथा प्रदेश संयोजक तर्फ कोशीबाट डा. रोशन खड्का, मधेशबाट डा. अमित रञ्जन मिश्र, बागमतीबाट डा. सुवास भट्टराई विजयी भएका छन्। त्यस्तै गण्डकीबाट डा. यज्ञराज सिग्देल, लुम्बिनीबाट डा. नन्दाकुमारी गुरुङ, कर्णालीबाट डा. रविन खड्का र सुदूरपश्चिमबाट डा. प्रमोद जोशी निर्वाचित भएका छन।

कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सहसचिवमा डा. हुलास अग्रवाल र सह-कोषाध्यक्षमा डा. तेजसुसिंह मल्ल विजयी भएका छन्। सदस्यहरूमा डा. अमित झा, डा. राकेश शाह, डा. पल्पसा श्रेष्ठ, डा. विना श्रेष्ठ, डा. सुस्मित काफ्ले र डा. शेषराज आचार्य निर्वाचित भएका छन।

निर्वाचित सदस्यहरूमध्ये गण्डकी संयोजक डा. सिग्देल, कर्णाली संयोजक डा. खड्का तथा सदस्यहरू डा. अमित झा र डा. पल्पसा श्रेष्ठ डा. रावल समूहका हुन्। त्यस्तै सदस्यमा निर्वाचित डा. शेषराज घिमिरे ‘टिम रिफर्म’ समूहबाट प्रतिनिधित्व गर्दै विजयी भएका छन।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!