अब ३ घण्टामै तयार हुन्छ दाँतको क्राउन: केडीसीले भित्र्यायो अत्याधुनिक डिजिटल प्रविधि


काठमाडौं – ​’दाँतको उपचारका लागि हप्तौँ कुर्नुपर्ने र पटक पटक अस्पताल धाउनुपर्ने झन्झट अब अन्त्य भएको छ। कान्तिपुर डेन्टल कलेज (केडीसी) ले नेपालमै पहिलो पटक अत्याधुनिक ‘हाइब्रिड डेन्टल सीएनसी मिलिङ मेसिन’ सञ्चालनमा ल्याएको छ, जसले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सहयोगमा अब मात्र ३ घण्टा भित्रै दाँतको क्राउन तयार गरी प्रत्यारोपण गर्न सम्भव तुल्याएको छ।

यो  मेसिन सञ्चालनमा ल्याए सँगै केडीसी को दन्त उपचार सेवा पूर्ण रूपमा डिजिटल बनेको हो।यो नयाँ प्रविधि भित्रिए पछि अब बिरामीको दाँत स्क्यान गर्ने देखि क्राउन हाल्ने सम्मका सबै काम एउटै छाना मुनि र निकै छोटो समयमा सम्पन्न हुनेछन।

उपचार र शिक्षण दुवैमा नयाँ आयाम

केडीसीका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठका अनुसार यो प्रविधि भित्र्याउने केडीसी पहिलो नेपाली शैक्षिक संस्था हो। उनले भने, ‘यस अघि हामी परम्परागत (एनालग) पद्धतिमा निर्भर थियौँ। अब पूर्ण रूपमा अटोमेटेड र एआईमा आधारित प्रविधिमा प्रवेश गरेका छौँ।’

यसबाट बिरामीले मात्र होइन, त्यहाँ अध्ययनरत विद्यार्थीहरूले पनि अन्तर्राष्ट्रिय स्तरको प्रविधिमा प्रत्यक्ष अभ्यास गर्ने अवसर पाउने छन। दाँतमा क्राउन हाल्ने, ब्रिज लगाउने वा दाँत सिधा बनाउन प्रयोग गरिने ‘अलाइनर’ हरू अब केडीसी मै डिजिटल प्रविधिबाट निर्माण हुनेछन। नेपालको दन्त उपचार क्षेत्रलाई विश्वस्तरीय बनाउन र प्रविधिको प्रयोग बढाउन यो एउटा महत्वपूर्ण कदम रहेको डा. श्रेष्ठ बताउँछ ।

कसरी काम गर्छ यो प्रविधिले?

यो मेसिन कम्प्युटर एडेड डिजाइन (सिएडी) र कम्प्युटर एडेड म्यानुफ्याक्चरिङ ( सिएएम) प्रणालीमा आधारित छ। यसले कसरी काम गर्छ भन्ने बारे यसरी बुझौँ ।

  • डिजिटल स्क्यानिङ: सुरुमा इन्ट्राओरल स्क्यानरको सहायताले बिरामीको मुख भित्रको बनावट र दाँतको सतहलाई डिजिटल रूपमा स्क्यान गरिन्छ।
  • स्वचालित उत्पादन: स्क्यान गरिएको डिजाइनलाई मेसिनले एआई (कृत्रिम बुद्धिमत्ता) को प्रयोग गरी जिरकोनिया, सेरामिक वा टाइटेनियम जस्ता धातुबाट दुरुस्तै दाँतको क्राउन वा ब्रिज तयार पार्छ।
  • छिटो र सटिक: पहिले हातले नाप लिएर दाँत बनाउँदा धेरै समय लाग्ने र त्रुटी हुने सम्भावना हुन्थ्यो। तर अब मेसिनले बनाउने हुँदा यो निकै सटिक हुन्छ। सामान्य अवस्थामा त बिरामीले ३ घण्टामै नयाँ क्राउन लगाएर घर फर्कन सक्छन।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!