मेडिकल काउन्सिलले गर्यो १७ डाक्टरको नाम दर्ता खारेज


काठमाडौँ-नेपालमा चिकित्सा पेसाको नियमन गर्ने निकाय नेपाल मेडिकल काउन्सिल ले नेपाली नागरिकता त्यागेर विदेशी राहदानी र नागरिकता लिने १७ जना चिकित्सकको नाम दर्ता किताबबाट हटाएको छ। काउन्सिलले उनीहरूको दर्ता खारेज गर्ने निर्णय गरेको हो। काउन्सिलको पछिल्लो निर्णय सँगै अमेरिका, बेलायत, अस्ट्रेलिया लगायतका देशको नागरिकता लिएका यी चिकित्सकहरूले अब नेपालमा आधिकारिक रूपमा बिरामी जाँच्न पाउने छैनन।

काउन्सिलले २०८३ वैशाख ११ गते सूचना प्रकाशित गर्दै नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ र नेपाल नागरिकता ऐन २०६३ को व्यवस्था अनुसार यो कदम चालिएको जनाएको छ। नेपाली नागरिकता त्यागेर विदेशी बनेका चिकित्सकहरू ले काउन्सिलको नियमानुसार स्वतः दर्ता कायम राख्न नपाउने प्रावधान छ।

काउन्सिलका अनुसार यी चिकित्सकहरूको नाम दर्ता किताबबाट हटाइएकाले सूचना प्रकाशित भएकै मिति देखि उनीहरूले नेपालमा आधिकारिक रूपमा चिकित्सकीय सेवा दिन पाउने छैनन्। विदेशी नागरिकको हकमा नेपालमा काम गर्न काउन्सिलबाट विशेष अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ।

कुन डाक्टरले कुन देशको नागरिकता लिए?

काउन्सिलले सार्वजनिक गरेको विवरण अनुसार नाम हटाइएका चिकित्सकहरूले लिएको विदेशी नागरिकताको विवरण यस प्रकारछ।

  • बेलायती (ब्रिटिस) नागरिकता लिनेहरू: सबैभन्दा धेरै ६ जना चिकित्सकले बेलायती नागरिकता लिएका छन। जसमा डा. मोती गुरुङ, डा. मेरिना गुरुङ, डा. रोजिन के. सी., डा. ममता गुरुङ, डा. सलुजा सिंह थारू र डा. जोस्ना शाही रहेका छन।
  • अमेरिकी नागरिकता लिनेहरू: डा. निरन्जन देव पाण्डे (दर्ता नं १०४३२), डा. सुजना के. सी. (१८६४०), डा. मनिषा हमाल (१९७९१) र डा. दिपेन ढकाल (२३७५४) ले अमेरिकी नागरिकता लिएका कारण उनीहरूको दर्ता खारेज भएको छ।
  • अस्ट्रेलियन नागरिकता लिनेहरू: डा. रोशन भुषाल र डा. देव राज रेग्मीले अस्ट्रेलियाको नागरिकता लिएका छन।
  • क्यानडियन नागरिकता लिनेहरू: डा. सुप्रिया शाक्य र डा. इच्छा न्यौपानेले क्यानडाको नागरिकता लिएको काउन्सिलको सूचनामा उल्लेख छ।
  • अन्य देश: डा. शर्मिला गुरुङले हङकङ, डा. राजिब हमालले पोर्चुगल र डा. तुषार सरवजनाले भारतीय नागरिकता लिएका कारण उनीहरूको दर्ता खारेजीमा परेको हो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!