राष्ट्रपति भण्डारी शिक्षण अस्पताल वाट डिस्चार्ज


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पतालबाट मंगलवार डिस्चार्ज भएकी छिन् ।

अस्पतालको अनुसार हाल राष्ट्रपतिको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार देखिनुका साथै ज्वरो लगायत स्वास्थ्यका अन्य सूचकाङ्कहरु सामान्य भए पछि  मंगलवार दिउसो १२ .४५ मा  डिस्चार्ज गरिएको हो ।

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण भएको थियो । चार दिन अघि गत शनिबार उनलाई रूघाखोकी र सामान्य ज्वरोका कारण त्रिवि शिक्षण अस्पतालमा  भर्ना गरिएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!