शताब्दी पुरुष सत्य मोहन जोशीको अवस्था चिन्ताजनक / समग्र स्वास्थ्यमा उल्लेखनिय सुधार भएन


काठमाडौं – पछिल्लो केही समय देखि  अस्वस्थताले गर्दा उपचाररत शताब्दी पुरुष सत्य मोहन जोशीको समग्र स्वास्थ्य मा उल्लेखनिय सुधार भएको छैन भने अवस्था चिन्ता जनक नै रहेको छ ।

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल मा  उपचाररत १०३वर्षीय जोशी को छातीमा निमोनियाको संक्रमण भएको ले गत आइतवार (असोज २३गते ) देखि एन्टिवायोटिक सुरु गरिएको छ ।

यस्तै जोशीको मुटुको चाल सम्बन्धी समस्या देखा परेकोले आईसियुमा राखी उपचार शुरु गरिएको अस्पताल ले जनाएको छ ।

अस्पताल को अनुसार उनको रक्तचाप १००/६०, नाडी को चाल प्रति मिनेट  ८० छ । यस्तै स्वास प्रस्वास प्रति मिनेट १८ र हाई फ्लो नेजल क्यानुलाको सहयोगले ३० लिटर प्रति मिनेट  अक्सिजन दिदा अक्सिजन को  स्तर ९३ प्रतिसत छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!