स्वास्थ्य सेवामा धादिङ अस्पतालको फड्को: चुनौतीका बीच थपिँदैछन अत्याधुनिक सुविधाहरू


धादिङबेशी (धादिङ)- धादिङ जिल्लाको सदरमुकाम निलकण्ठ नगरपालिका वडा नं. ३ मा अवस्थित ‘धादिङ अस्पताल’ले पछिल्लो समय आफ्नो सेवा र स्तरमा उल्लेखनीय सुधार गरेको छ। २०३३ सालमा सानो स्वास्थ्य केन्द्रबाट सुरु भएको यो अस्पताल हालै मात्र ‘सेकेन्डरी बी’ लेभलको १०० शैयाको अस्पतालमा स्तरोन्नति भएको छ।

१०० शैयामा स्तर वृद्धि भएको एक वर्ष पुग्नै लाग्दा अस्पतालले आफ्नो भौतिक र प्राविधिक क्षमतालाई आक्रामक रूपमा विस्तार गरिरहेको छ, जसका कारण धादिङवासीलाई सामान्य देखि जटिल उपचारका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता हट्दै गएको छ।

यस अस्पतालले धादिङ सहित छिमेकी जिल्ला गोरखाको दक्षिणी क्षेत्रका नागरिकहरूलाई समेत अत्याधुनिक र विश्वासिलो स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।

पहिले १५ शैयामा सीमित अस्पताल अहिले विशेषज्ञ चिकित्सक र अत्याधुनिक उपकरण सहित स्तरोन्नति भएको छ। अस्पतालका निमित्त निर्देशक डा. त्रिभुवन चन्द्र झा भन्छन – ‘हाम्रो लक्ष्य भनेकै धादिङका नागरिकले उपचार अभावमा अकालमा ज्यान गुमाउनु नपरोस र सामान्य उपचारका लागि काठमाडौँ जानु नपरोस भन्ने हो। हामी गुणस्तरीय सेवा र बिरामीको मुस्कानमा विश्वास गर्छौँ।’

जेष्ठ नागरिकको मुस्कान फर्काउँदै दन्त विभाग

अस्पतालको दन्त विभागले हालै एउटा उदाहरणीय कार्य सुरु गरेको छ। जेष्ठ नागरिकहरूका लागि निःशुल्क रूपमा ‘पार्सियल डेन्चर’ र ‘कम्प्लिट डेन्चर’ (दाँतको सेट)सेवा प्रदान भइरहेको छ।

यसले दाँत नभएका वृद्धवृद्धाहरूको मुस्कान मात्र फर्काएको छैन, उनीहरूलाई खाना चपाउन र पाचन प्रक्रिया सहज बनाउन समेत ठूलो मद्दत पुगेको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा जम्मा १० जना कम्प्लिट डेनचरको बिरामीको उपचार गरिएको थियो भने २२ जनाको पार्सियल डेन्जर उपचार गरिएको थियो। त्यस्तै गरी यस आर्थिक वर्षमा २०८२/८३ मा हालसम्म मा कम्प्लिट डेनचरको को १८ जनाले सेवा लिइसकेका छन भने यस वर्ष पार्सल डेन्चरको हाल सम्म ३२ जनाले सेवा लिसकेका छन।

हाड जोर्नी विभागमा उत्साहजनक सेवा

हप्तामा १० देखि १५ वटा मेजर अप्रेसन को साथमा २०-२५ वटा माइनर अपरेसन  हुने गरेको छ भने। तीन वर्ष देखि ११ वर्ष सम्मका बच्चाहरूको पनि अपरेसन दैनिक रुपमा भइ रहेको छ। त्यस्तै गरी ७० वर्ष भन्दा माथिका वृद्धवृद्धाहरूको जटिल अपरेसन समेत हाड जोर्नी विभागबाट भइरहेको छ।

सर्जरी विभाग

सर्जरी विभाग अन्तर्गत पेटसँग सम्बन्धित, मृगौला तथा पिसाबको थैली तथा तथा मुत्र नली सँग सम्बन्धित अपरेसनहरू, बच्चाहरूको  हाइड्रोसिलको शल्यक्रिया  देखि लिएर वयस्कहरूको हर्निया, एपेन्डेक्टोमी सँग सम्बन्धित अपरेसनहरू गर्ने गरिन्छ।

प्रसूति सेवामा उत्साहजनक प्रगति

अस्पतालको स्त्री तथा प्रसूति विभाग यतिबेला निकै सक्रिय छ। हाल दैनिक रूपमा ३ देखि ४ वटासम्म जटिल प्रसूतिसँग सम्बन्धित शल्य क्रिया गरेर बच्चा जन्माउने प्रक्रिया (सिजेरियन सेक्सन)  सफलतापूर्वक भइरहेका छन। सुरक्षित मातृत्वको क्षेत्रमा यो अस्पताल अहिले यस भेग कै भरपर्दो केन्द्र बनेको छ।

फिजियोथेरापी सेवा

यस अन्तर्गत दैनिक रुपमा २० देखि ३० सम्म हाड जोर्नी विभागबाट रेफर गरिएका मेरुदण्ड तथा नशा, घुडा, गर्दन सँग सम्बन्धित समस्या भएका बिरामीहरूको व्यायाम बाट मांसपेशी बलियो बनाउने, साथै मेसिनबाट दुखाइ कम गर्ने, त्यस्तै गरी पक्षघात (प्यारालाइसिस) का बिरामीहरूको समेत आवश्यकता अनुसार व्यायामहरूबाट   फिजियोथेरापी विभागबाट उपचार गरिँदै आएकोछ।

आधुनिक प्रविधि र विशेषज्ञ सेवाहरू

  • डिजिटल प्रशासन: बागमती प्रदेश सरकार र विश्व स्वास्थ्य संगठन को सहयोगमा अस्पताल पूर्ण रूपमा ‘पेपरलेस’ (विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली) मा सञ्चालित छ। यस प्रणालीमा बिरामीसँग सम्बन्धित सबै स्वास्थ्य जानकारी जस्तै बिरामीको व्यक्तिगत विवरण, रोगको इतिहास, जाँच रिपोर्ट (लैब, एक्स-रे आदि),  औषधि र उपचार विवरण, डाक्टरका नोटहरू आदि डिजिटल रूपमा राखिन्छ ।
  • विशिष्ट सेवा: हाल अस्पतालले विशेष नवजात शिशु हेरचाह केन्द्र  (स्पेसल न्यूबोर्न केयर युनिट) मार्फत नवजात शिशुको उपचार गरिरहेको छ।  यो विशेष कक्ष मा  नवजात शिशुहरू (जन्मेको २८ दिन भित्रका बच्चा) लाई विशेष हेरचाह र उपचार दिइन्छ। यस अन्तर्गत समय भन्दा पहिले जन्मिएका (प्रिम्याच्योर बेबी), कम तौल भएका बच्चा, सास फेर्न समस्या भएका,  संक्रमण (इन्फेक्सन) भएका, जन्म पछि कुनै जटिलता देखिएका नवजातहरूलाई यो हेरचार केन्द्रमा राखेर उपचार गरिन्छ। यो केन्द्रमा तातो राख्ने उपकरण (वार्मर / इन्क्युबेटर), अक्सिजन र सास सहयोग प्रणाली, निरन्तर निगरानी र विशेषज्ञ डाक्टर र नर्सको हेरचाह उपलब्ध रहन्छ ।
  • नियमित ओपिडी: जेष्ठ नागरिक ओपिडी, सामाजिक सुरक्षा एकाइ, इन्टर्नल मेडिसिन चिकित्सकबाट दैनिक रूपमा ओपिडी सेवा पूर्ण रूपमा सञ्चालन भइरहेको छ।
  • विशेषज्ञ शिविर: आफ्नै विशेषज्ञ नभए पनि अस्पतालले महिनामा १ देखि २ पटक सम्म नाक, कान, घाँटी (इएनटी) विशेषज्ञ, इन्डोस्कोपी सेवा र छालारोग विशेषज्ञ ल्याएर स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

पारदर्शी गुनासो व्यवस्थापन प्रणाली

अस्पतालले सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकता दिँदै ‘जी-गुनासो’ प्रणाली सुरु गरेको छ। अस्पतालमा राखिएको गुनासो पेटिका हरेक हप्ता गुनासो अधिकारीले खोल्ने, त्यसलाई कार्यालय प्रमुख र अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिमा कार्यवृत्त (माइनोट) गरी समस्या समाधान गर्ने गरिन्छ। साथै, क्यूआर कोड मार्फत सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण गर्ने डिजिटल प्रणाली पनि लागू गरिएको छ।

चुनौती र भविष्यको योजना

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन चन्द्र झा का अनुसार १०० शैयामा स्तरोन्नति भए पनि अस्पतालका केही आफ्नै सीमा र चुनौतीहरू छन।

  • भौतिक संरचना: अस्पताल १०० शैयामा पुगे पनि भौतिक संरचना अझै १५ बेडको अस्पताल कै पुरानो भवनमा छ, जसले गर्दा डायलासिस र आईसीयू सेवा साँगुरो ठाउँबाट सञ्चालन गर्नुपर्ने बाध्यता छ।
  • दक्ष जनशक्ति:   बाल रोग विशेषज्ञ र अति आवश्यक रेडियोलोजिस्ट चिकित्सकको अभावका कारण केही सेवा प्रवाहमा कठिनाइ भइरहेको छ।

त्यस्तै अन्य आवश्यक विशेषज्ञहरूको कमीलाई पूरा गर्न चिकित्सक कमि लाई पूरा गर्न बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट बजेट सुनिश्चित गरिएको कार्यक्रम ‘विशेषज्ञ चिकित्सक कार्यक्रम’ अन्तर्गत महिना मा एक पटक नशा तथा मानसिक रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञ, छाला रोग विशेषज्ञ, इन्डोस्कोपी सेवा मासिक रूपमा सञ्चालनमा रहेको छ।

हाल अस्पतालमा इको र नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआईसियु) सेवाहरू उपलब्ध छैनन, जसलाई छिट्टै सुरु गर्ने लक्ष्य छ।

‘हामीले भौतिक संरचना र विशेषज्ञ चिकित्सकको अभाव बारे बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र संघीय स्वास्थ्य मन्त्रालयसँग आवश्यक समन्वय गरिरहेका छौँ,’डा. झा बताउँछन ।

गुणस्तरीय स्वास्थ्य सेवा, हाम्रो प्रतिबद्धता! नारा अन्तर्गत सिमित स्रोत र साधनका बाबजुद धादिङ अस्पतालले हृदयघात (मायोकार्डियल इन्फार्क्सन) भएका बिरामीका लागि जीवनरक्षक ‘टेनेक्टोप्लाज’ (मुटुरोगको उपचार) जस्ता जीवनरक्षक सेवा ‘टेनेक्टेप्लेस’ सेवा सुरु गरिएको छ भने सर्पदंश उपचार अन्तर्गत धादिङमा पहिलो पटक सर्पको विषविरुद्धको औषधि (एन्टी स्नेक भेनम) को उपलब्धता सुनिश्चित गर्नु जस्ता जीवनरक्षक सेवा र रेफरल सिस्टमलाई प्रभावकारी बनाएको छ।

यस्तै १० प्रतिशत बेड विपन्नका लागि पूर्ण निःशुल्क गरेको यस अस्पतालले बिहान ८:४५ को ‘मर्निङ कन्फ्रेन्स’ बाट सुरु हुने दैनिक कार्यतालिका मार्फत शासकीय सुधारमा समेत नयाँ मानक स्थापित गरेको छ।

  • सहयोगी सेवा: २४सै घण्टा ब्लड बैंक, ल्याब सेवा, एक्सरे सेवा र अस्पतालको आफ्नै सुलभ  फार्मेसी सञ्चालनमा रहेको छ।सामाजिक सुरक्षा एकाइ, एकद्वार संकट व्यवस्थापन केन्द्र (वन-स्टप क्राइसिस म्यानेजमेन्ट सेन्टर), एचआईभी एड्स (एन्टिरेट्रोभाइरल थेरापी / प्रतिविषाणु उपचार), र क्षयरोग उपचार (डट्स) सेवा।
  • रेफरल प्रणाली: नेपाल सरकारको प्रेषण निर्देशिका २०८१ बमोजिम व्यवस्थित रेफरल सिस्टम।

दक्ष जनशक्ति, आधुनिक मेसिनरी र बिरामी मैत्री वातावरणका कारण धादिङ अस्पताल अहिले यस क्षेत्रकै भरपर्दो ‘हेल्थ हब’ बनेको डा. झा बताउँछन । उनी भन्छन, अब स्वास्थ्य जाँचका लागि महँगो शुल्क तिरेर शहर धाउनु अघि आफ्नै जिल्लाको धादिङ अस्पताललाई सम्झनुहोस।Advertorial


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!