पछिल्लो समय कोभिड निमोनियाले मृत्यु भएका दुवै जना खोप नलगाएका

खोप लगाएकाहरुमा पहिले जस्तो कडा कोभिड देखिएको छैन । खोप लगाएका अधिकांश संक्रमित हरुमा कोभिड निमोनिया समेत देखिएको छैन ।


काठमाडौ– पछिल्लो समय मुलुकमा खोप नलगाएका दुइ जनाको व्यक्तिको कोभिडले मृत्यु भएको छ । झण्डै अढाइ महिना देखी कोभिडले मृत्यु शुन्य रहे पनि साउन एक यता मृत्यु हुने दुइ जना खोप नलगाएका छन भने दुवै जनामा कुनै कोमर्विडिटी (अन्य दीर्घ रोग) छैन ।
बैशाख २१ गते पछि साउन १ गते र साउन २ गते एक –एक जनाको कोभिडले उत्पन्न निमोनियाले मृत्यु भएको हो ।साउन १ गते विपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घरानमा कोभिड निमोनियाले मृत्यु भएकी ५६ वषिर्य महिलामा कुनै कोमर्विडिटी नरहेको र उनले कुनै खोप नलगाएको चिकित्सा इतिहासमा रहेको  स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारीले बताए ।
यस्तै सोमवार साउन २ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका ५७ वषिर्य पुरुषमा समेत कुनै कोमर्विडिटी नरहेको र उनले कुनै खोप लिएको इतिहास छैन ।
हाल मुलुकमा खोप नलगाएकामा कोभिड संक्रमण कडा रुपमा प्रस्तुत भएको प्रारम्भिक संकेत देखिएको जनाउदै डा.अधिकारीले खोप नलगाएकाले वा पुर्ण मात्रा नलिएकाहरूले पछिल्लो समय संक्रमण भए पछि स्वास्थ्य जटिलता समेत देखिएको जनाए ।
विज्ञहरूले कोमर्विडिटी भएका बूढापाका वा जोसुकैले खोप लगाएका भए पनि विशेष स्वास्थ्य सावधानी अपनाउनु पर्ने बताउँछन ।
हाल खोप नलगाएकाले तुरुन्त खोप लगाउनु पर्ने र खोप नलगाएका वा लगाएका दुवैले स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने औल्याउदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडीसिडी) निर्देशक डा.चुमनलाल दास भन्छन–‘कोभिड संक्रमण व्यापक रुपमा बढदैछ, सबैले उपयुक्त स्वास्थ्य मापदण्ड अपनाउनु आवश्यक छ ।’
सोमवार पिसिआर र एन्टिजेन गरी ४ हजार ६ सय ५१ नमुनाको परिक्षण गर्दा ९.८२ प्रतिसतमा अर्थात ४ सय ५७ जनामा कोभिड संक्रमण देखिएको हो । सोमवार दैनिक संक्रमण दर ९.८२ प्रतिशत पुगेको छ ।
विभिन्न नाकाहरुवाट संक्रमितको नेपाल प्रवेस समेत जारी नै छ । सोमवार वेलहिया नाका वाट ३, इनर्वा वाट ५, जमुनाहावाट ४ काकडभिट्टा वाट ३ कृष्णनगरबाट १ र त्रिनगरबाट ३ गरी जम्मा १९ जना मा कोभिड संक्रमण देखिएको हो ।
हाल स्वास्थ्य निकायमा भर्ना रहेका संक्रमित बढी उमेरका, पूर्ण मात्रा खोप नलगाएका र कोमर्विड अवस्थाका रहेका डा.अघिकारी बताउँछन । पछिल्लो समय खोप लगाएकामा कोभिड पहिले जस्तो कडा रुपमा प्रस्तुत नभएको औँल्याउदै बरिष्ठ छाती रोग विशेषज्ञ डा.नविन प्रकाश शाहले खोप लिएकामा हाल लक्षण पहिले जस्तो कडा नभइ धेरै कम देखिएको बताउँछन ।
त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक एवं बरिष्ठ छाती रोग विशेषज्ञ डा.सन्तकुमार दास भन्छन–‘पछिल्लो समय खोप लगाएकामा पहिले जस्तो कडा कोभिड देखिएको छैन । मेरो सम्पर्कमा आएका खोप लगाएका संक्रमितहरुमा निमोनिया समेत देखिएको छैन ।’डा.दासको अनुसार हाल कोभिड संक्रमितमा ज्वरो, शरीर दुख्नु, खोकी र पखाला जस्तो लक्षण देखिएको छ ।
सोमवार सम्म मुलुकमा कुल जनसङ्ख्याको ७०.१ प्रतिसतले पूर्ण मात्रा खोप लिएका छन भने कुल जनसङ्ख्याको ७०.४ प्रतिसतले कम्तिमा एक मात्रा खोप लिएका छन ।
सोमवार सम्म मुलुकमा कुल जनसङ्ख्याको २३.७२ प्रतिशत अर्थात ६९ लाख २४ हजार ६ सय २१ जनाले कोभिडको अतिरिक्त मात्रा खोप लिएका छन ।
हाल प्रदेश १ मा १ जना, वाग्मती प्रदेशमा १४ जना गरी १५ जना आइसीयु र वाग्मती प्रदेश कै १ जना भेन्टिलेटरमा गरी जम्मा १६ जना सघन उपचारमा छन ।
पछिल्लो समय देखिएको अप्रत्याशित संक्रमणमा वृद्धिले गर्दा तुरुन्त स्वास्थ्य मापदण्डमा कडाइ सँगै विशेष रणनीति बनाउन आवश्यक रहेको विज्ञहरू बताउँछन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!