बाल शल्यचिकित्सा सेवामा पहुँच अभाव चिन्ताजनक : प्राडा रामनन्दन प्रसाद चौधरी


काठमाडौँ – धापासीस्थित ईशान बाल तथा महिला अस्पताल ले विश्व बाल शल्य चिकित्सा दिवसका अवसरमा बाल स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रम मार्फत बालबालिकाको स्वास्थ्य आवश्यकता वयस्क भन्दा भिन्न हुने भएकाले उनीहरूका लागि लक्षित उपचार प्रणाली आवश्यक पर्ने विषयमा जानकारी दिइएको अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक तथा वरिष्ठ बाल शल्य चिकित्सक प्रा. डा. रामनन्दन प्रसाद चौधरी का अनुसार बालबालिकाको शारीरिक विकास आफ्नै जैविक प्रक्रिया अनुसार हुने भएकाले उपचार र शल्यक्रियामा विशेष दक्षता आवश्यक पर्छ। ‘बालबालिकामा देखिने लक्षण र व्यवहारलाई गम्भीरता पूर्वक लिएर समय मै विशेषज्ञकहाँ पुर्‍याउनुपर्छ,’ उनले भने।

उनले बाल शल्य चिकित्सकले जटिल स्वास्थ्य अवस्था र बालबालिकाको संवेदनशीलता बीच सन्तुलन मिलाउँदै उपचार गर्ने भएकाले समय मै परामर्श लिन अभिभावकलाई आग्रह गरे।

डा. चौधरीले गुणस्तरीय शल्यचिकित्सा सेवा बालबालिकाको आधारभूत अधिकार भए पनि त्यसमा अझै पर्याप्त पहुँच नपुगेको भन्दै चिन्ता व्यक्त गरे।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!